वीरगंज । नेपालमा प्रत्येक २५ जना सकृय कोरोना भाइरस संक्रमितमध्ये एक जना आइसीयू वा भेन्टिलेटरमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सकृय संक्रमित सात हजार तीन सय ८४ जना मध्ये दुइ सय ९८ जना आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये दुइ सय ४८ जना आइसीयु र ५० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
जसअन्तर्गत् प्रदेश एकमा १७ जना आइसियु र एक भेन्टिलेटरमा, प्रदेश दुईमा सात जना आइसियु र चार जना भेन्टिलेटरमा, बागमती प्रदेशमा ९७ जना आइसियु र २९ जना भेन्टिलेटरमा, गण्डकीमा ७८ जना आइसियु र एघार जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४१ जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ६ जना आइसियु र दुइ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा दुइ आइसियुमा छन् ।
देशभर हाल चार हजार एक सय १९ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । कुल सक्रिय संक्रमितमध्ये चार हजार एक सय १९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाँकी तीन हजार तीन सय ९६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
प्रदेश एकमा दुई सय २१, प्रदेश दुइमा २८, बागमती प्रदेशमा एक हजार नौ सय जना गण्डकी प्रदेशमा ६ सय ५६, लुम्बिनी प्रदेशमा सात सय ३०, कर्णालीमा एक सय ६ र सुदूरपश्चिम प्रदेशमा चार सय ७८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
यस्तै, विहिवार देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या सात सय ३९ रहेको छ । हालसम्म कुल संक्रमित दुइ लाख ५६ हजार पाँच सय ९२ जना मध्ये दुइ लाख ४७ हजार चार सय जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितको ९६ दशमलव ४१ प्रतिशत संक्रमणमुक्त भएका हुन् । विविहार कोरोना भाइरस संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार आठ सय आठ पुगेको छ ।
देशभर विहिवार ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश एकको इलाममा एकजना, ओखलढुंगामा एकजना, झापामा १२, धनकुटामा एकजना, पाँचथरमा एकजना, भोजपुरमा एकजना, मोरङमा १३, सुनसरीमा १४ जनामा कोरोना भेटिएको छ ।
प्रदेश दुइको महोत्तरीमा तीन जना, सप्तरीमा दुइ र सिराहामा एकजनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, बागमती प्रदेशको काठमाडौंमा एक सय ९९ जना, काभ्रेमा ३०, चितवनमा दुइ ,दोलखामा एकजना, धादिङमा एकजना, नुवाकोटमा चार, भक्तपुरमा १८, मकवानपुरमा ६, रामेछापमा दुइ, ललितपुरमा २७, र सिन्धुपाल्चोकमा तीन जनामा कोरोना देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ४३, गोरखामा एकजना, तनहुँमा नौ, लमजुङमा चार, र स्याङजामा सात जनामा कोरोना पुष्टि भएको छ । यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा चार, कापिलवस्तुमा तीन, दाङमा दुइ, नवलपरासीमा चार, पाल्पामा दुइ, बर्दियामा ६, बाँकेमा १५, रुकुम पूर्वमा एकजनान र रुपन्देहीमा ३७ जनामा कोरोना पाइएको छ ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा एकजना, दैलेखमा एकजना, सुर्खेतमा चार जना, र हुम्लामा एकजनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा तीन, कञ्चनपुरमा ४२, कैलालीमा ५७, डडेल्धुरामा आठ, डोटीमा एकजना,दार्चुलामा पाँच, बझाङमा एकजना, बाजुरामा एकजना र बैतडीमा पाँच जनामा कोरोना देखिएको छ ।
विहिवार काठमाडौं उपत्यकामा दुई सय ४४ जन कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विहिवार काठमाडौंमा एक सय ९९, ललितपुरमा १८ र भक्तपुरमा २७ जनालाई कोरोना संक्रमण देखिएको छ ।