• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारविरुद्ध कांग्रेसको विरोध कहिले ? केन्द्रीय समिति बैठकमा नेताहरूको चर्काचर्की

  • वीरगंज संजाल
  • ८ पुष २०७७, बुधबार २१:०६
  • ३५७७

    वीरगंज | सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसकै आह्वानमा सोमबार बसेको कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टीबीचको सहमति थियो–मंगलबार तीनवटै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र आन्दोलनको कार्यक्रम बनाउने । संविधानमाथि फरक मत राखेर संशोधनको माग राख्दै आएको जनता समाजवादी पार्टीले मंगलबारै पाँचदिने आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन थालिसकेको छ ।

    तर, आफूलाई संविधानको जननी दाबी गर्ने कांग्रेस भने संविधानमाथि गम्भीर आक्रमण भएको ठहर गरेर विरोध गर्ने कि नगर्ने भन्ने विवादमा फसेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने कि नगर्ने ? कहिले गर्ने ? भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकमा बुधबार नेताहरूबीच चर्काचर्की भएको छ ।

    मंगलबारै संस्थापन र इतरपक्षका नेताहरूले आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा भिन्नभिन्न मत राखेका थिए । मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले अहिले तुरुन्तै सडक प्रदर्शन, आन्दोलन नगरेर अदालत र निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए ।

    तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबल बुधबारै आन्दोलनका कार्यक्रम घोषणा गरेर सडकमा उत्रिनुपर्छ भन्नेमा थियो । देउवाको बोलीविरुद्ध पौडेलले चर्को स्वरमै असहमति राखेपछि बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य शंकर भण्डारीले देउवाको बचाउ गरे । ‘तपाई वरिष्ठ नेता भन्दैमा सबै तपाईंले भनेको मान्नैपर्छ भन्ने छैन ?’ भण्डारीले पौडेललाई भनेको उद्धृत गर्दै एक नेताले भने ।

    लगत्तै केन्द्रीय सदस्य गुरुराज घिमिरेले पौडेलको बचाउ गर्दै प्रतिरोध गरेका थिए । बुधबारको बैठकमा देउवाले १६ पुसमा मेलमिलाप दिवसको समेत अवसर पारेर विरोध कार्यक्रम गर्न सकिने प्रस्ताव मात्रै गरे, त्यसबारे निर्णय नै भएको छैन । तर, बैठककै बीचमा प्रवक्ता विश्वप्रकाश शर्माले पुस १६ गते मेलमिलाप दिवसको समेत सन्दर्भ पारेर विरोधको कार्यक्रम गर्ने जानकारी दिए ।

    बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भने १६ पुसमा सरकारको विरोध कार्यक्रम नखुलाई देशभरि मेलमिलाप दिवस मनाउने निर्णय भएको जानकारी दिएका छन् ।

    बैठकपछि बाहिरिएका एक केन्द्रीय सदस्यले १६ पुसमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको सुन्दा आफैँ आश्चर्य माने । ‘यसबारे कुनै निर्णय नै भएको छैन, छलफल मात्रै भएको हो, यही विषयमा त धेरै विवाद भयो,’ ती नेताले भने ।

    प्रवक्ता शर्माले भने बुधबारको बैठक स्थगित भइसकेपछि ट्विट गर्दै आन्दोलनका कार्यक्रमबारे बिहीबार बस्ने बैठकले निर्णय लिने बताएका छन् । आन्दोलन गर्ने कि नगर्ने ? वा कसरी गर्ने ? भन्ने विषयमा मंगलबार र बुधबार बोल्ने नेताहरूको बोलीमा एकमत छैन ।

    वरिष्ठ नेता पौडेलले प्रचण्ड र नेपालसँग वा अरूसँग मिलेर भए पनि सडक प्रदर्शनमा निस्किनुपर्नेमा जोड दिएका छन् । तर, उनीनिकट मानिने नेता महेश आचार्यले कांग्रेस एक्लैले सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नुपर्ने धारणा राखेका छन् । केन्द्रीय सदस्य एनपी साउदले आन्दोलनको सट्टा चुनावको तयारीमा लाग्नुपर्ने वक्तव्य दिएका छन् ।

    बुधबार बोल्ने नेता गगन थापाले चुनावबारे छलफल गर्नुपर्ने आवश्यकता नै नभएको टिप्पणी गरे । उनले सडक आन्दोलनमा उत्रिन ढिला भएको र छिटो निर्णय गरेर सडकमा जानुपर्नेमा जोड दिए । नेता डा. रामशरण महत र बलबहादुर केसीको जोड पनि आन्दोलनकै विषयमा थियो । तर, संस्थापन पक्ष भने अहिल्यै आन्दोलन वा विरोधका कार्यक्रम बनाएर सडकमा जाने पक्षमा स्पष्ट देखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑