• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्ततः फुट्यो नेकपा

  • वीरगंज संजाल
  • ८ पुष २०७७, बुधबार १०:५४
  • ६१३७

    वीरगंज। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ । तर दुवै पक्षले पार्टी विभाजनको औपचारिक घोषणा भने गर्न सकेका छैनन् । दुवै पक्षको गतिविधिका कारण पार्टी स्पष्ट रूपमा विभाजन भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको र बबरमहलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्यो । दुवै समूहले आफ्नो समूहलाई आधिकारिक नेकपा बताउँदै एकले अर्काको आलोचना एवं विरोध गर्नुका साथै विभिन्न निर्णय गरेका छन् । सोमबार एकै दिन ओली र दाहाल–नेपाल समूहले संसदीय दलको बैठक गरेका थिए ।

    ओली र दाहाल–नेपाल समूह दुई समूहमा विभाजित भएसँगै नेकपाका नेताहरू पनि दुई समूहमा विभाजित भएका छन् । यद्यपि केही नेता अझै पनि कुनै समूहमा सहभागी नभई तटस्थ रहेका छन् ।

    ओली समूहको महाधिवेशन २०७८ मंसिरमा
    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले पार्टीको महाधिवेशन २–७ मंसिर २०७८ मा गर्ने निर्णय गरेको छ । साथै सो बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटीसमेत घोषणा गरेको छ ।

    ओली समूहको बैठकले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । १९७ जना सदस्य पछि थपिने नवनियुक्त प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले बताए । ९ पुस (बिहीबार) पुनः केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको परराष्ट्र मन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले बताए ।

    – ओली समूहले कसैलाई गरेन कारबाही
    – दाहाल–नेपाल समूहले अध्यक्षबाट ओलीलाई हटायो
    – दाहाल–नेपाल समूहको अध्यक्षमा माधवकुमार नेपाल थपिए
    – ओली समूहको महाधिवेशन २०७८ मंसिरमा
    – ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली
    – प्रवक्ता नारायणकाजीको जिम्मेवारी खोसियो
    – गौतम र थापाद्वारा दुवै समूहको बैठक बहिष्कार

    ओली समूहको बैठकले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरेको हो । नवनियुक्त प्रवक्ता ज्ञवालीले आफ्नो व्यक्तिगत विचार मात्रै पत्रकारका माझमा राख्ने गरेकाले श्रेष्ठलाई हटाउने निर्णय भएको बताए ।

    ‘पार्टीको कुराभन्दा पनि व्यक्तिगत कुरा गरेकाले जिम्मेवारी हेरफेर गरिएको हो । प्रवक्ताको जिम्मेवारी मलाई दिइएको छ,’ ज्ञवालीले भने ।

    ओली समूहको केन्द्रीय कमिटी बैठकमा दाहाल र नेपाललाई अनुशासनको कारबाही गर्नुपर्ने माग सदस्यहरूले गरेका छन् । तर प्रधानमन्त्री ओलीले कसैलाई पनि कारबाही नगर्ने र सिंगो पार्टीलाई निर्वाचनमा केन्द्रित गर्ने बताए ।

    ‘ओलीलाई कसैले हटाउन सक्दैन’
    प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद् विघटन गर्ने प्रस्ताव गरेको बताए । काम गर्न नपाएपछि ताजा जनमतमा जानुपरेको उनले बताए । दृष्टिदोष भएकाले मात्रै संविधानविपरीत भएको तर्क गर्ने उनले दाबी गरेका छन् ।

    प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट कसैले हटाउन नसक्ने बताउँदै उनले नेकपा किचलोमा विदेशीको हात नभएको दाबी गरेका छन् । ‘आफ्नो थैली बलियो नबनाउने अनि अरूलाई दोष दिने ?’ ज्ञवालीले प्रश्न गरे । बैठकपछि ओली समूह पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा पुगेर बैठकका निर्णयसहित निवेदन दिएको छ ।

    ओलीलाई कारबाही, अध्यक्षको जिम्मेवारीमा नेपाल
    बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट कारबाही गरेको छ । अध्यक्षको जिम्मेवारीमा वरिष्ठ नेतासमेत रहेका नेपाललाई दिने निर्णय बैठकले गरेको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    मंगलबार केन्द्रीय कमिटी बैठक बस्नुअघि बसेको स्थायी कमिटी बैठकले नेपाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गर्दै सो प्रस्ताव केन्द्रीय कमिटीमा पेस गरेपछि बैठकले पारित गरेको हो ।

    नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता नेपाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरिएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन् । बैठकले अध्यक्षबाट ओलीलाई कारबाही र नेपाललाई अध्यक्षको जिम्मेवारीका साथै विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले प्रतिनिधिसभा विघटनको विपक्ष र पार्टी एकताको पक्षमा लाग्न नेता कार्यकर्तालाई अपिलसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

    यस्तै, पूर्वसभामुखसमेत रहेका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय बैठकले अनुमोदन गरेको छ । बैठकले नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिने निर्णय पनि गरेको छ ।

    नेकपाको ४४६ सदस्यी केन्द्रीय कमिटी छ । दाहाल–नेपाल समूहको बैठकमा ३१५ केन्द्रीय सदस्यको सहभागिता रहेको दाबी गरिएको छ ।

    साहको आपत्ति
    नेकपाका केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष हुन आवश्यक नभएको बताएका छन् । दाहाल–नेपाल समूहको बबरमहलस्थित केन्द्रीय कमिटी बैठकमा सहभागी नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य साहले पार्टीमा दुई अध्यक्ष भएका कारण पार्टी व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको बताउँदै दुई अध्यक्ष आवश्यक नभएको बताए ।

    अध्यक्ष ओलीलाई हटाएर नेपाललाई नयाँ अध्यक्ष बनाएपछि असहमति जनाउँदै उनले यसअघि पनि दुई अध्यक्ष रहेको र उक्त प्रणाली हास्यास्पद रहेको भन्दै फेरि त्यस्तै गल्ती गर्न नहुने बताए ।

    ‘मैले वरिष्ठ नेता माधवकुमार नेपालको विरोध गरेको होइन । उहाँप्रति मेरो सदा सम्मान छ,’ साहले भने, ‘तर पार्टीमा दुई अध्यक्ष बनाउने प्रणाली गलत छ भनेको हुँ ।’

    गौतम र थापाद्वारा दुवै समूहको बैठक बहिष्कार
    ओली र दाहाल–नेपाल समूहले एकै दिन छुट्टाछुट्टै स्थानमा केन्द्रीय कमिटीको बैठक आयोजना गरे पनि उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलले दुवै समूहको बैठक बहिष्कार गरेका छन् ।

    नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेर प्रतिनिधिसभा विघटन भइसकेको बेला दुवै नेता अहिले आन्तरिक छलफलमै रहेका छन् । ओली र दाहाल–नेपाल समूहले आ–आफ्नो समूहको बैठकमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै गौतम र थापा कुनै पनि बैठकमा सहभागी भएनन् ।

    मंगलबार नै गौतम निवास भैंसेपाटीमा गौतम र थापाबीच केही समय छलफल भएको छ । दुवै नेतालाई दाहाल, नेपाल र वरिष्ठ नेता खनालले भेटेरै बबरमहलको बैठकमा सहभागी हुन आग्रह गरेका थिए । उता ओलीले समेत फोन सम्पर्क गरेर बालुवाटारको बैठकमा सहभागी हुन आग्रह गरे ।

    गौतम र थापा पार्टी फुटको विरुद्धमा उभिँदै आएका छन् । यद्यपि गौतम र थापा निकटका केन्द्रीय सदस्यहरू दाहाल–नेपाल समूहको बबरमहलस्थित बैठकमा सहभाीग भएका छन् । उता पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसहितका नेताहरू ओली समूहको बैठकमा सहभागी भएका छन् ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑