• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वका क्रूर शासक हिटलरका २५ प्रेरक भनाईँ : ‘जब कूटनीति समाप्त हुन्छ तब युद्ध सुरु हुन्छ’

  • वीरगंज संजाल
  • ८ पुष २०७७, बुधबार ०६:०८
  • ५९०५

    वीरगंज | जर्मनीका शासक हिटलर विश्वविख्यात तानाशाह मानिन्छन् । उनका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए ।उनी, मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए । फ्रान्केनबर्गर नामका धनी यहूदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन् ।

    हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमाले अर्कोसँग विवाह गरिन् । जसको नाम जोहन गर्ग हिडलर थियो । विवाह गरेको पाँच वर्षपछि मारियाको मृत्यु भयो । त्यही बेलादेखि नै एलोइस आफ्ना काकासँग सानो कृषि फार्ममा बस्न थालेका थिए ।

    हिटलर जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।

    उनी पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक ूकुू को असफल प्रयास समेत गरेका थिए ।

    सोहि असफल ‘कु’ को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र कम्युनिष्ठ बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे ।

    सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।

    हिटलरले सन् १९३३ मा हिटलरले जर्मनीको सत्तामाथि कब्जा जमाए । त्यसपछि उनको राज्य बिस्तारको अभियान सुरु भयो ।

    उनले आफ्नो विरोधीहरुमाथि अत्यन्तै क्रुर व्यवहार गरे । राज्य बिस्तारका क्रममा उनको सेना बर्लिनको पर्खासम्म पुग्यो, जहाँ स्टालिनको रुसी सेना थियो । उनको राज्य बिस्तार अभियान जर्मन अन्धराष्ट्रवादको द्योतक थियो ।

    उनकै कारण सन् १९३९–१९४५ को दोस्रो विश्वयुद्ध चल्यो । विश्वविख्यात तानाशाह हिटलरको मृत्यु सन् १९४५ अप्रिल ३० का दिन भयो ।

    पढ्नुस् हिटलरका प्रेरक भनाईहरु

    1. यदि आज म यहाँ क्रान्तिकारीको रूपमा खडा छु भने यो क्रान्तिकारीको बिरूद्ध खडा हुनु जस्तै हुनेछ।

    2. सबै प्रचार लोकप्रिय हुनुपर्दछ र कम से कम बुद्धिमान व्यक्तिले यो बुझ्नु पर्छ।

    3. आश्चर्य, डर, तोडफोड, हत्या द्वारा शत्रुलाई भित्रबाट निरुत्साहित गर्नुहोस्। यो भविष्यको युद्ध हो।

    4. पहिले उनीहरूले तपाईलाई वेवास्ता गर्छन्, र त्यसपछि उनीहरु तपाईँप्रति हाँस्नेछन् तब तिनीहरुले तपार्इँसित युद्ध गर्नेछन् र तपार्इँले जित्नुहुनेछ ।

    5. एक निर्णय गर्नु अघि हजार पटक सोच्नुहोस्, तर एक पटक तपाईं निर्णय लिइसकेपछि हजार कठिनाइ आए पनि पछि नहट्नुहोस् ।

    6. जिन्दगी कमजोरलाई कहिल्यै माफ गर्दैन। यसैले तपाईं बलियो बन्नुपर्दछ ।

    7. यदि तपाइँले जित्नुभयो भने, यहाँ अरुलाई सम्झाउन आवश्यक पर्दैन तर तपाईँ हार्नुहुन्छ भने, त्यहाँ जानुहोस् जहाँ कसैलाई सम्झाउन आवश्यक पर्दैन ।

    8. कुनै बाधा बिना जित्नु सिर्फ जित्नु हो तर धेरै समस्याका साथ जित्नु भनेको इतिहास रच्नु हो ।

    9. भगवान र शैतान, यसैले संसार बनेको छ ।

    10. यदि तपाइँ निरन्तर ठूलो झूट बोल्नुहुन्छ भने, यो सत्यको रूपमा लिइनेछ ।

    11. आफूलाई अरूसँग कहिले पनि तुलना नगर्नुहोस्। यदि तपाईंले यो गर्नुभयो भने, तपाईं आफैंले आफैँलाई अपमान गर्दै हुनुहुन्छ।

    12. सबैले विजय अपनाउन सक्छन्। तर केवल एक शक्तिशाली त्यो हो जसले पराजय सामना गर्न सक्दछ ।

    13. यदि तपाईं सूर्य जस्तो चम्किन चाहानुहुन्छ भने पहिले सूर्य जस्तै जल्न सक्नुपर्दछ ।

    14. म केवल ती चिजहरुको लागि संघर्ष गर्न सक्छु जसलाई म प्रेम गर्दछु । केवल ती चिजहरुलाई मात्रै म प्रेम गर्दछु जसलाई म सम्मान गर्दछु । रम ती चिजको मात्रै सम्मान गर्दछु जसको बारेमा म जान्दछु ।

    15. जो बाँच्न चाहन्छन्, उसलाई लड्न दिनुहोस्, र जो अनन्त संघर्षको संसारमा लड्न चाहँदैनन् उनीहरू बाँच्न योग्य छैनन्।

    16. जब कूटनीति समाप्त हुन्छ तब युद्ध सुरु हुन्छ ।

    17. जो मानिसलाई इतिहासको ज्ञान छैन । त्यो त्यो मान्छे सरह हो जसको कान वा आँखा छैन।

    18. जोसँग पर्याप्त युवा शक्ति छ उसको उज्वल भविष्य छ।

    19. विजेतालाई के सत्य बोल्यौँ भनेर कहिल्यै नसोध्नुहोस् ।

    20. शब्दहरुले अन्जान क्षेत्रमा पुलको निर्माण गर्दछ ।

    21. कुनै राष्ट्रलाई जित्नको लागि सबैभन्दा पहिला आफ्नो नागरिकलाई निर्वस्त्र गर्नुहोस् ।

    22. मानवतावाद मूर्खता र कायरताको अभिव्यक्ति हो।

    23. प्रकृतिले उत्तम शिक्षा दिन्छ ।

    24. आज म विश्वास गर्दछु कि मेरो आचरण उस सर्वशक्तिमानको इच्छा अनुसार छ ।

    25. बाधाहरु हामीलाई तोड्न आउँदैन बरु यसकारण आउँछ कि हामी हरेक बाधा तोड्न सक्छौँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑