• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेकपा विवाद अब चुनाव चिन्हमा, कसले पाउला सूर्य ?

  • वीरगंज संजाल
  • ८ पुष २०७७, बुधबार ०७:३४
  • ४६८९

    वीरगंज | प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही भन्दै अध्यक्षबाट हटाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको निर्णयपछि नेकपा विभाजन निश्चित भएको छ । ओली र प्रचण्ड–माधव नेपाल दुवै पक्षले आफूहरु नै नेकपाको मूलधार भएको दावी शुरु गरेका छन् । ओलीले सोमबार नै नेकपाको केन्द्रीय समिति विस्तार गरी ५५६ जना सदस्य थप गरेका छन् । नेकपामा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेकपाको प्रथम अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समिति विस्तार गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओली पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि प्रवक्ता ज्ञवालीले यसअघि २०७५ जेठ ३ गते जस्तै सोमबार केन्द्रीय समितिमा सदस्य थपिएको बताए । यसअघि पनि मनोनित गरेर समिति बनाइएको र यसपटक पनि सोही प्रक्रियाबाट मनोनित गरिएको ज्ञवालीले बताएका छन् ।
    थपिएका केन्द्रीय सदस्यको बहुमत देखाएर ओली पक्षले चुनाव चिन्ह सूर्य आफ्नो पक्षमा पार्ने कोशिस गरेको छ । मौजुदा केन्द्रीय कमिटीका बहुमत सदस्य प्रचण्ड–नेपालसँग भएपनि ओली पक्षले उनीहरुको बैठकलाई वैधानिकता दिन मानेको छैन ।
    ‘अध्यक्ष, महासचिव र माइन्युट विनापनि बैठक हुन्छ र ?’ ओली पक्षका प्रवक्ता ज्ञवालीले प्रश्न गरे । नेकपा विधानमा अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । महासचिव बिनाको बैठक भएकाले प्रचण्ड–नेपालको भेलाले गरेको निर्णयको वैधानिकता नहुने ओली पक्षको विश्लेषण छ । यही आधारमा सूर्य चिन्ह आफूहरुको पक्षमा आउने सो समूहका एक केन्द्रीय सदस्यले दावी गरे ।

    यता प्रचण्ड–नेपाल समूहले भने आफूहरुसँग ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दावीसहित आफूहरुको बैठक आधिकारीक भएको दावी गरेका छन् । मंगलवार बबरमहलको एक पार्टी प्यालेसमा भएको भेलामा प्रचण्डले निर्वाचन आयोगतर्फ संकेत गर्दै ६५ प्रतिशतले वैधानिकता पाउनु पर्ने बताएका थिए । ‘यो मञ्चबाट बाहिर पनि सन्देश दिनुछ, आधिकारिक नेकपा हामी हौं, यहाँ माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा लगायतका नेताहरु हुनुहुन्छ’ प्रचण्डले भनेका थिए ।

    प्रचण्ड–नेपाल लगायतले ओली पक्षीय केन्द्रीय सदस्यको बैठकलाई ‘गुटको भेला’को संज्ञा दिदै आफूहरुको भेलालाई औपचारिक बैठक दावी गरे । आजै आफू पक्षीय बैठकबाट अध्यक्ष चयन भएका नेपालले आफूहरुको बैठक नेकपाकै वैधानिक बैठक भन्दै चुनाव चिन्ह सूर्यमा धावा नबोल्न चेतावनी दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    संख्यात्मक रुपमा धेरै थोरै जे भएपनि चुनाव चिन्ह सूर्य जसको पक्षमा जाने छ उही नेकपाको मूलधार हुने केन्द्रीय सदस्यहरु बताउँछन् । ‘पार्टी त लगभग अलग भयो अबको लडाइँ चुनाव चिन्हमा हुनेछ,’ प्रचण्ड–नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने । जनतामाझ लोकप्रिय भइसकेको सूर्य चिन्हलाई नेकपाको अचल सम्पत्तिको रुपमा व्याख्या गर्नेहरु छन् ।

    विगतमा नेपाली कांग्रेस विभाजन हुँदा चुनाव चिन्ह र आधिकारिकताको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । २०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेपछि कांग्रेस विभाजनको अवस्थामा पुगेको थियो । देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पार्टीबाट निस्कासन गरेको दावी गरेका थिए । पछि गिरिजाप्रसाद कोइराला सभापति रहेको कांग्रेसले वैधानिकता पायो । देउवाको कांग्रेस प्रजातान्त्रिकले कलश चुनाव चिन्ह पाएको थियो ।
    चुनाव चिन्हलाई लिएर नेकपाको विवाद पनि निर्वाचन आयोगमा पुगिसकेको छ । प्रचण्ड–नेपाल पक्षले ओलीमाथि अनुशासनको कारर्वाही गरेको पत्र सोमवार नै बुझाइसकेको छ । ओली पक्षले पनि केन्द्रीय समिति विस्तारको निर्णय आयोगमा बुझाइसकेको छ ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मंगलवार बालुवाटारमा आफू पक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठकमा आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ १२० सीट र समानुपातिक तर्फ ५० लाख भोट ल्याउने दावी गरेका छन् । २०५१ सालमा वृद्धभत्ताको कार्यक्रम ल्याएदेखि नै वृद्धवृद्धाले सूर्य चिन्हले भत्ता दिएको बताउने गरेका छन् । जनतामा छाप पारेको सूर्य चिन्हको लिगेसी लिनको लागि नेकपामा चुनाव चिन्हको लागि दुवै पक्षले हदैसम्मको प्रयास गर्ने देखिएको छ ।

    पूर्व माओवादीले यसअघि हँसिया हथौडा चुनाव चिन्ह प्रयोग गरेको थियो । माओवादीले प्रयोग गरेको चुनाव चिन्हप्रति सर्वसाधारण झुक्किएका थिए । चुनाव चिन्हमा झुक्किँदा प्रत्यक्ष तर्फ उम्मेदवार नै नभएको ठाउमा पनि नेकपा मालेले भोट पाएको थियो । प्रचण्ड– नेपाल क्याम्पमा रहेका माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पटक पटक सूर्य चिन्हबाट चुनाव जितेका कारण सूर्य चिन्ह छाड्नुपर्ने अवस्था उनीहरुका लागि कष्टकर हुने नेकपा वृत्तमा टिप्पणी सुनिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑