• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ को प्रदेशसभामा ओलीभन्दा दाहाल–नेपाल पक्ष बलियो

  • वीरगंज संजाल
  • ७ पुष २०७७, मंगलवार १५:१५
  • २४४९

    वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटन गरेपछि त्यसको असर देशभर परेको छ।

    आइतबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट संसद विघटनको निर्णय गरेर राष्ट्रपतिबाट स्वीकृत गराएपछि यसको प्रत्यक्ष असर देशभर परेको हो।

    देशभर नेकपाका कार्यकर्ताहरु ओली पक्ष र दाहाल–नेपाल पक्षमा विभाजित भएका छन्। संसद विघटनपछि प्रदेश २ मा समेत यसको असर परेको छ।

    नेकपाभित्रको आन्तरिक विवाद र संघीय संसद विघटन भएपछि प्रदेशसभा सदस्यहरु समेत विभिन्न खेमामा देखिएका छन्। पार्टी एकतापछि बनेको नेकपाका हाल यस प्रदेशमा ३२ सांसद रहेका छन्। तत्कालिन नेकपा एमालेको तर्फबाट २१ जना सांसद रहेका छन् भने माओवादी केन्द्रको ११ जना सांसद रहेका छन्। प्रदेशमा निर्वाचन हुँदा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेका थिए।

    तर प्रतिनिधिसभा विघटनपछि विकसित पछिल्लो घटनाक्रम अनुसार प्रदेश २ मा नेकपा दुई पक्षमा देखिएको छ। ओली पक्ष र दाहाल–नेपाल पक्ष। तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्यहरु अहिले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै पक्षमा रहेका छन्।

    यता तत्कालिन नेकपा एमालेबाट निर्वाचित २१ जना प्रदेशसभा सदस्यहरुमध्ये ८ जना प्रदेशसभा सदस्य वरिष्ठ नेता माधव नेपालको पक्षमा रहेका छन् भने १३ जना प्रधानमन्त्री ओलीको पक्षमा रहेका छन्।

    प्रदेश २ मा निर्वाचित केपी ओली पक्षधर प्रदेशसभा सदस्यहरु प्रतिनिधिसभा विघटनको पक्षमा उभेका छन्। नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई कडा प्रतिवाद गरिरहेका छन्।

    नेकपा प्रदेश २को संसदीय दलका नेता सत्यनारायण मण्डल ओलीको विश्वास पात्रमध्ये एक हुन्। उनी प्रधानमन्त्री ओली पक्षमा उभिएका छन्। यद्यपि नेकपालाई प्रधानमन्त्री ओलीको यो कदमले नेकपालाई के घाटा हुने विषयमा प्रतिक्रिया दिन चाहेनन्। उनले प्रतिनिधिसभा भंग गर्ने ओली र राष्ट्रपतिको कदम एकदम सही र संविधानकाे दायराभित्रै रहेर गरिएको दावी गरे।

    त्यस्तै नेकपाका प्रदेशसभा सदस्य दिलिप साहले प्रतिनिधिसभा विघटन गरेर जनतालाई धोखा दिएको भन्दै आक्रोश व्यक्त गरे।

    नेकपाका प्रदेश २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री ओलीको कदमको विरोध जनाएका छन्। नेपाली जनताले नेकपालाई लगभग दुई तिहाई बहुमत दिएर देशमा स्थायित्व, सुशासन र तीव्र विकाससहित समृद्धिको लक्ष्य हासिल गर्ने, नेपालको संविधानमा रहेको त्रुटीहरूलाई सच्याउँदै जनताको परिवर्तनको चाहना अनुरूप आवश्यक परिमार्जन गर्ने लगायतका सोचसहित मत दिएपनि त्यसको विपरीत काम हुनु आत्मघाति रहेको जनाएका छन्।

    साहले पार्टी नेतृत्वको बीच आपसी सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मूल मर्म र जनादेश विपरीत २ वर्ष कार्यकाल बाँकी रहँदा रहँदै प्रतिनिधिसभा विघटनको निर्णय गर्नु आफैमा आत्मघाति एवं आपत्तिजनक कार्य रहेको जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑