एजेन्सी । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालमा राजनीतिक संकट निम्तिएको टिप्पणी गरेका छन् । वासिङटन पोस्टले लेखेको छ, ‘देशलाई अस्थिरतातर्फ धकेल्ने अन्तरपार्टी द्वन्द्वको केन्द्रमा रहेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छिन् ।’ यस कदमले संवैधानिक संकट निम्त्याएको समाचारमा उल्लेख छ । वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको नयाँ निवार्चन निकै महङ्गो अभ्यास हुने समाचारमा उल्लेख छ ।
हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘किनारमा पुु¥याइएका प्रधानमन्त्री ओलीले प्रतिद्वन्द्वीहरुमाथि बम खसाले, यसले चीनलाई पनि दुखित बनाउँछ ।’ प्रधानमन्त्री ओलीले यसअघि पनि विभाजनको धम्की दिइरहेको र सत्तारुढ नेकपालाई विभाजित हुन नदिन चिनियाँ कम्युुनिष्ट पार्टीले महिनांैदेखि प्रयास गरिरहेको दाबी पनि समाचारमा गरिएको छ । समाचारअनुसार सुरुवातमा ओलीलाई समर्थन गरेजस्तो देखिने चीनले केही समयअघि ‘नेकपाको एकता जोगिन्छ भने ओलीलाई रातो कार्ड देखाउँदा पनि फरक नपर्ने’ संकेत गरेको थियो । प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयसँगै नेकपाको विभाजन रोक्ने चिनियाँ प्रयासमा धक्का लागेको समाचारमा उल्लेख छ ।
त्यसैगरी रोयटर्सले लेखेको छ, ‘सडक संघर्षले २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्थार्पित गरेयता उथलपुुथल अवस्थाबाट गुज्रिएको नेपाललाई यस कदमले कोरोना भाइरस महामारीसँग जुधिरहेका बेला राजनीतिक संकटतर्फ धकेल्छ ।’