वीरगन्ज । नेपालमा कोरोनाका नयाँ संक्रमित ५ सय ८८ थपिदा १ हजार ९७ सय बढी निको भएका छन् । गत २४ घन्टामा कोरोनाको ५ सय ८८ जना नयाँ संक्रमित थपिएका हुन् भने १ हजार ९७ जना निको भएका छन् ।
यो संगै देशभर कोरोना मुक्त भइ घर फर्किनेहरुको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ । कुल संक्रमित संख्या भने २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
नेपालमा सक्रिय संक्रमितहरुको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले कुल सकिय संक्रमित संख्या ८ हजार ३ सय २० रहेको छ । ३८ हजार सम्म पुगेको सक्रिय संक्रमितहरुको संख्या ८ हजारमा झरेको हो ।
गत २४ घन्टामा ११ जना संक्रमितहरुको मृत्यु भएसंगै देशमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ७ सय ८८ पुगेको छ ।
यो संगै हाल सम्म १८ लाख ७० हजार ८ सय ३० जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।