वीरगंज | देशभर कोरोना संक्रमितमध्ये २८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा २३ जना, प्रदेश नं २ मा ११ जना, वागमती प्रदेशमा १०६, गण्डकी प्रदेशमा ७९ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेश सात जना र सुदूरपश्चिम प्रदेशमा सात जना उपचाररत रहेका छन् ।
यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा चार, प्रदेश नं २ मा एक, वागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशमा दुई जना उपचाररत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार होम आइसोलेशनमा पाँच हजार ८३४ जना र क्यारेन्टिनमा ४२१ जना रहेका छन् ।