वीरगंज। गुगलका जि-मेल, ड्राइभ, म्याप्स र युट्युबमा देखिएको समस्या हल भएको छ।ती सामाजिक सञ्जालको सर्भर डाउन हुँदा विश्वभर सेवाग्राही प्रभावित भएका थिए।केही समय डाउन भएपनि जि(मेल र युट्युब पुरानै अवस्थामा फर्किएका छन्।
नेपाली समयअनुसार साँझ करीब ५ बजेदेखि विश्वभर गुगलका ती सर्भिसहरू डाउन भएका थिए। समस्यामा परेका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा खनिएका थिए।
तर, त्यसको दुई घण्टा नबित्दै गुगलले प्रमुख दुई सुविधा जिमेल र युट्युबको समस्या हल गरेको छ। प्रयोगकर्ताले जिमेल खोल्दा इरर देखाएको थियो।