बारा। अमरेस कुमार पाण्डेय । सरकारले तोकेको स्वास्थ्य जोखिम भत्ता नपाएको भन्दै बारा आदर्श कोतवालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।
कोभिड-१९ को जोखिम मोलेर काम गरे पनि सरकारले घोषणा गरेको ‘जोखिम भत्ता’ नपाएको भन्दै सोमवारदेखि उनीहरू आन्दोलनमा उत्रिने बताएका हुन् ।
सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने आश्वासन दिएको थियो। स्वास्थ्यकर्मीलाई गाउँपालिकाले दिन्छु भनेको जोखिम भत्ता नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।
उनीहरूले पहिलो चरणमा विरोधस्वरुप सोमबार र मंगलबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिँदै आन्दोलन सुरू गर्ने पटेर्वा स्वस्थ्य चौकि प्रमुख नरेश कुमार निधिले बताए ।
टेढ़ाकट्टी स्वस्थ्य चौकीमा कार्यर स्वास्थ्यकर्मी सरोज कुमार कान्तले तत्काल स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराउन माग गर्दै गाउँपालिकालाई निवेदनसमेत दिएको जानकारी दिए।
यसैगरी मङ्सिर १ र २ गते बिहान १० देखि ११ बजे सम्म १ घण्टा पेन डाउन गर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन । साथै यो अवधिमा पनि भत्ता उपलब्ध नभए पुष ३ गते देखि गाउँपालिका कार्यालय अगाडी सबै सेवाहरु बन्दगरी अनिश्चितकालीन धर्ना दिने र सोबाट सेवाग्रहीमा पर्न जाने असुविधाप्रति आदर्श कोतवाल गाउँपालिका जिम्मेवार हुने उनीहरुले चेतावनी दिएको छ ।