• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी अस्पतालको सेवा झन्झन् कमजोर

  • वीरगंज संजाल
  • २७ मंसिर २०७७, शनिबार १३:४५
  • ३०६९

    वीरगंज। सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवाप्रवाह सहज र प्रभावकारी नहुँदा बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल धाउन विवश छन् ।कतिपय सरकारी अस्पतालले अप्रेसनका लागि लामो समयसम्म पालो कुराउने गरेका छन् । सरकारी अस्पतालले सेवाप्रवाहमा अत्यधिक ढिलासुस्ती गर्ने गरेको अधिकांश बिरामीको गुनासो छ । जसका कारण पछिल्लो तीन वर्षमा केन्द्रीय सरकारअन्तर्गतका अस्पतालको ओपीडी (बहिरंग विभाग)मा आउने बिरामीको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाएको छ ।

    २०७६/७७ मा १७ लाख ४१ हजार २० जनाले ओपीडी सेवा लिएको पाइएको छ । २०७४/७५ मा १८ लाख ८९ हजार ३ सय ६९ जना, २०७५/७६ मा १७ लाख ८२ हजार ७ सय १४ जनाले ओपीडी सेवा लिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटाका अनुसार सबैभन्दा धेरै २०७६/७७ मा वीर अस्पतालमा २ लाख ९८ हजार ४ सय ४८ जनाले ओपीडी सेवा लिएका छन् । यस्तै, प्रसूति गृहबाट २ लाख ५८ हजार ८ सय ९२, भरतपुर अस्पतालबाट २ लाख २४ हजार दुई सय ८१ जना, कोसी अस्पतालबाट १ लाख ९७ हजार ५ सय ८३ जनाले ओपीडी सेवा लिएको पाइएको छ ।

    आर्थिक वर्ष संख्या (जनामा)
    २०७४/०७५ १८,८९,३६९
    २०७५/०७६ १७,८२,७१४
    २०७६/०७७ १७,४१,०२०
    केन्द्र मातहतका अस्पतालमा ओपीडी सेवा लिनेको संख्या

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ लाख १३ हजार ७ सय ७३, शहीद गंगालाल हृदयरोग निवारण केन्द्रबाट १ लाख १७ हजार ३०, भेरी अस्पतालबाट ९० हजार ६ सय ५६, डडेलधुरा अस्पतालबाट २४ हजार ५ सय २६, कान्ति बाल अस्पतालबाट १ लाख ३ हजार ५ सय ३३ जनाले ओपीडी सेवा लिएका छन् । यस्तै, मनमोहन टेकु अस्पतालबाट १ लाख १२ हजार ३ सय ६४ जना, मानसिक अस्पतालबाट ३५ हजार ८ सय एक जना, ट्रमा सेन्टरबाट ५९ हजार २ सय २२ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५६ हजार ३ सय ४८ जना र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट ५७ हजार ९ सय ११ जनाले ओपीडी सेवा लिएका छन् ।

    यस्तै, केन्द्रीय (संघीय) अस्पतालहरूमा २०७६/७७ मा २ लाख ९५ हजार ३ सय ६७ जनाले आकस्मिक सेवा लिएका छन् । २०७४/७५ मा ३ लाख ४१ हजार ५ सय ४५ जनाले आकस्मिक सेवा लिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २०७५/७६ मा ३ लाख ५१ हजार ७ सय ७९ जनाले आकस्मिक सेवा लिएका छन् । स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. देवकोटाले कोभिडको कारण ओपीडीमा आउनेको संख्या केही कमी भएको हुन सक्ने बताए । उनले भने, ‘सरकारी अस्पतालले जनअपेक्षाअनुरूप सेवाको स्तरवृद्धि गर्दै गुणस्तरीय सेवा दिएर मन जित्नुपर्छ । जसले गर्दा सरकारी अस्पतालप्रति आकर्षण बढ्छ ।’ उनले अस्पतालको सेवा विस्तारका कार्य भइरहेको बताए । सरकारी अस्पतालको गुणस्तर सुधार गर्न कार्यक्रमिक योजना ल्याई कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑