वीरगंज | सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो । उनलाई कार्य एवं अपराध अनुसन्धान विभागमा पदास्थापन पनि गरिएको छ ।
यसअघि पोखरेललाई बढुवा गर्ने भएसँगै यसको विरोध पनि सुरु भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको सरकारलाई यो कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
पोखरेलको यो बढुवासँगै उनी भावी आइजिपी बन्ने निश्चित भएको छ ।पोखरेललाई भावी आइजिपी बनाउन किन यस्तो गरियो भन्नेबारे फरकधारको यो स्टोरी पढ्नुहोस्ः