• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सार्क सम्मेलन कहिले? ओली भन्छन्, ‘छिट्टै हुनुपर्छ’, मोदी पाकिस्तानलाई देखाउँदै बैठकबाट भाग्दै

  • वीरगंज संजाल
  • २४ मंसिर २०७७, बुधबार ००:०७
  • ३६८९

    वीरगंज | आज डिसेम्बर ८। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) चार्टड डे। ३६औं सार्क चार्टड डेमा प्रधामन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयमार्फत शुभकामना सन्देश दिँदै सार्कको आवश्यकताबारे चर्चा गरेका छन्। ओलीले ३६ वर्षमा सार्कले दक्षिण एसियाली राष्ट्रहरुको साझा फोरमको रुपमा काम गरेको र क्षेत्रीय साझेदारी र सहकार्य प्रवर्द्धन गरेको बताएका छन्।

    ओलीले वर्तमान कोरोना संक्रमणको अवस्थामा क्षेत्रीय रुपमा सार्कले संयुक्त प्रयास र सहकार्य गर्नुपर्ने भन्दै सार्कलाई गति दिन छिट्टै शिखर सम्मेलन हुनुपर्ने औंलाएका छन्।

    पछिल्लो पटक नेपालले सन् २०१४ मा काठमाडौंमा सार्क शिखर सम्मेलन आयोजना गरेको थियो। त्यसपछि सार्क सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको थियो।  सन् २०१६ को नोभम्बरमा पाकिस्तानको इस्लामावादमा १९ औं सार्क शिखर सम्मेलन हुने तय भइसकेको थियो।

    भारतले पाकिस्तानमा हुने सम्मेलनमा सहभागी नहुने अडान लिएका कारण ६ वर्षदेखि सार्क सम्मेलन हुन सकेको छैन। उक्त सम्मेलनमा सहभागी हुन भारतसँगै भुटान, अफगानिस्तान र बंगलादेशले समेत अस्वीकार गरेका थिए।

    भारत र पाकिस्तानको आन्तरिक द्वन्द्वका कारण क्षेत्रीय संगठन नै लाचार बन्दा सार्कको अध्यक्ष नेपालले कुनै ठोस् पहल गर्न सकिरहेको छैन। यसबीच आज ओलीले चार्टड डेकै दिन सार्कको औचित्यबारे उल्लेख गर्दै महामारीको क्षेत्रीय सहयोग र सहकार्यलाई गतिशील बनाउन सार्क बैठक बस्नु पर्ने बताएका छन्।

    यता, सार्क बैठकबाट भागिरहेको भारत अहिले पनि इस्लामावाद जान तयार देखिँदैन। भारतले पाकिस्तानमाथि ‘आतंकवाद’लाई प्रोत्साहन गरेको आरोप लगाउँदै आएको छ। भारतमा हुने आतंकवादी गतिविधिमा पाकिस्तानको हात रहने गरेको भारतीय बुझाइ छ। त्यसैले भारत पाकिस्तान जान इच्छुक छैन। र, सन् २०१४ यता सार्क बैठक हुन सकिरहेको छैन।

    चार्टड डे को अवसरमा शुभकामना सन्देश दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेकै परिस्थितिमा सार्क शिखर सम्मेलन हुन नसक्ने  संकेत दिएका छन्।

    मोदीले आतंकवाद र हिंसा मुक्त वातावरणमा मात्रै सार्कको पूर्ण सम्भावना रहेको बताएका छन्। ‘आतंकवाद र हिंसा’ भनेर पाकिस्तानतर्फ संकेत गर्दै मोदीले  आतंकवादलाई समर्थन र बढावा दिने शक्तिलाई पराजित गर्नुपर्ने बताएका छन्। आतंकवालाई पराजित गरेमात्रै सुरक्षित र समृद्ध दक्षिण एसियाको सामूहिक रुपमा निर्माण हुने मोदीले उल्लेख गरेका छन्।

    सार्कमा ८ वटा राष्ट्र सदस्य छन्। कुनै एकमात्र राष्ट्रले पनि बैठकका लागि सहमति जनाएन भने बैठक हुन सक्दैन। त्यसैले भारतले पाकिस्तानलाई घेर्न सार्कलाई ‘बन्धक’ बनाएको विश्लेषकहरु बताउँछन्।

    सार्कको अध्यक्षता गरिरहेको नेपालका प्रधानमन्त्री ओलीले सार्क बैठक हुनुपर्ने बताइरहँदा मोदी भने पुरानै आतंकवादको कुरा गरिरहेका छन्। यस अवस्थामा कुनै ‘न्यूट्रल’ क्षेत्रमा बैठक गर्ने बारेमा पनि छलफल भइरहेको छ।

    मोदीले हाललाई सार्क बैठकमा सहभागी हुने कुनै आधार नदेखाए पनि भारतले क्षेत्रीय सहयोग भने जारी र कोरोना संक्रमणसँग लड्न सहयोग गर्ने बताएका छन्। तर भारतले कोभिड फन्ड अन्तर्गत पाकिस्तानलाई भने कुनै सहयोग गरेको छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑