• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : पार्टी एकीकरणका बाबजुद मुख्यमन्त्री नफेरिने

  • वीरगंज संजाल
  • २१ मंसिर २०७७, आईतवार १६:१५
  • ९४०५

    वीरगंज । प्रदेश २ को सत्तारुढ गठबन्धन तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भए पनि सो प्रदेशका मुख्यमन्त्रीमा लालबाबु राउत नै कायम रहने भएका छन् । पार्टी एकतासँगै साबिकका सत्तारुढ दुई दलका संसदीय दलसमेत समायोजन गरी जनता समाजवादी पार्टीको संसदीय दल गठन हुने र संसदीय दलको नयाँ नेता प्रदेश सरकारको मुख्यमन्त्री बन्ने चर्चा चलेको थियो । तर जनता समाजवादी पार्टीले तत्काल मुख्यमन्त्री नफेर्ने मनस्थिति बनाएको छ ।

    संघीय सरकारको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको जनता समाजवादी पार्टीले प्रदेश २ मा नेकपाकै जस्तो समस्या नदेखियोस् भन्नेमा सतर्कता अपनाउँदै आन्तरिक कलह बढ्ने कुनै पनि कदम नउठाउने निर्णय गरेको हो । प्रदेश २ सरकारको नेतृत्व गरेको सो पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गर्दा आन्तरिक कलह बढ्न सक्ने र प्रदेशमा अस्थिरता निम्तिन सक्ने आँकलन गरी एकीकृत संसदीय दलको नेतामा पनि राउतलाई नै कायम राखेर प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिन चाहेको हो ।

    एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद देखेर जसपा नेपालका नेताहरु आफ्नो दलभित्र पनि यस्तै विवाद बढ्ने त होइन भन्नेमा त्रसित हुन थालेका छन् । प्रदेश २ मा सरकार सञ्चालन गरिरहेको जसपाले तत्काल प्रदेश सरकारमा परिवर्तन गर्नासाथ पार्टीमा विवाद उत्पन्न हुने आँकलन गरी वर्तमान सरकारलाई नै निरन्तरता दिने सोच बनाएको स्रोत बताउँछ ।

    तत्कालीन समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका राउतलाई विस्थापन गर्ने पक्षमा केही नेता देखिएका थिए । पार्टी एकीकरण भएका कारण सरकार परिवर्तन हुनुपर्छ भनेर राजपा नेपालका नेताहरुले आवाज उठाउँदै आएका थिए । प्रदेश २ को मुख्यमन्त्री नै फेरेर नयाँ मन्त्रीमण्डल बनाउनुपर्ने भन्दै तत्कालीन समाजवादी पार्टी र राजपा नेपालका केही नेताले जसपा नेपालको शीर्ष नेताहरुको ध्यानाकर्षण पनि गराएका थिए । तर शीर्ष नेताहरु मुख्यमन्त्री फेर्नेमा सहमत हुन सकेका छैनन् ।

    स्रोतका अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री तथा केही मन्त्रीले सरकार परिवर्तन गरेर देखाउन पार्टी नेतृत्वलाई नै चुनौती दिँदै आएका छन् । कतिपय मन्त्रीले सरकार परिवर्तन गर्ने प्रयत्न भएमा पार्टी विभाजन हुने चेतावनीसमेत दिएका छन् । प्रदेश २ जसपा नेपालको सबैभन्दा बलियो जनाधार भएको प्रदेश हो । सो पार्टीका अधिकांश शीर्ष नेता प्रदेश २ बाटै प्रतिनिधित्व गर्दछन् । केही तलमाथि भयो भने पार्टी विखण्डन हुने र आफ्नो जनाधारसमेत गुम्ने भय नेताहरुमा छ । यस अतिरिक्त लालबाबु राउतलाई हटाएर कसलाई मुख्यमन्त्री बनाउने भन्ने चुनौती पनि नेताहरु समक्ष खडा हुन्छ ।

    मुख्यमन्त्री परिवर्तन गर्ने अवस्था आउनासाथ दावेदारहरुको लाइन लाग्ने देखिन्छ । जितेन्द्र सोनल, विजय यादव, मनिष सुमन, योगेन्द्र राय यादव, कौशलकुमार यादव, उपेन्द्र महतो, शैलेन्द्र साह लगायतका नेताले मुख्यमन्त्रीका लागि दावेदारी प्रस्तुत गरिसकेका छन् । पछिल्लो समय तत्कालीन राजपा नेपालका नेताहरु नै मुख्यमन्त्री फेर्न नहुने निष्कर्षमा पुगेको अवस्थामा तत्कालीन समाजवादी पार्टीका नेताहरुले मुख्यमन्त्री राउतको विकल्प खोज्नुपर्ने कारण नै नरहेको जसपा नेपालका एक नेताले बताए ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि लालबाबु राउतलाई ढुक्क भएर काम गर्न भनिसकेको स्रोतले जनाएको छ । सुरुमा मुख्यमन्त्री फेरिने कुरा उठेपछि राउतले अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको र यादवले मुख्यमन्त्री फेर्नेबारे पार्टीमा कुरा नउठेको जवाफ दिएर मुख्यमन्त्री राउतलाई ढुक्क भएर काम गर्न निर्देशन दिएको स्रोत बताउँछ ।

    जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर पनि प्रदेश २ को मुख्यमन्त्री फेर्ने पक्षमा छैनन् । अहिले मुख्यमन्त्री फेर्न थालेमा पार्टीमा विवाद उत्पन्न हुने सम्भावना रहने भन्दै उनले पनि राउतलाई नै निरन्तरता दिनुपर्ने ठहर गरेको बताइन्छ । मुख्यमन्त्री परिवर्तन गर्नासाथ अन्य मन्त्रीहरु पनि फेर्न दबाब बढ्ने र त्यो अवस्थामा पार्टीभित्र अनेकथरी दबाब बढ्न सक्ने भन्दै शीर्ष नेताहरु प्रदेश २ सरकारलाई कुनै असर नहुनेगरी पार्टी समायोजनको काम टुंग्याउन प्रयासरत रहेको स्रोतले जानकारी दिएको छ ।

    जसपा नेपालका कार्यकारिणी सदस्य दानबहादुर चौधरीले प्रदेश २ को मुख्यमन्त्री नफेरिने लगभग निश्चित भएको बताए । उनले भने, ‘मुख्यमन्त्री परिवर्तन गर्न पार्टीमा व्यापक कुरा उठेको थियो तर अहिले त्यसलाई मिलाउने काम पार्टीका शीर्ष नेताहरुले गर्नुभएको छ । दुवै पार्टीका नेताहरुले आपसमा कुराकानी गरी मिलाईसक्नु भएको छ । अब त्यहाँका मुख्यमन्त्री परिर्वतन हुँदैन । एक÷दुईजना मन्त्री फेरिन सक्छ, नभए त्यो पनि हुँदैन ।’

    प्रदेश सभाको कार्यकाल करिब दुई वर्षमात्र बाँकी छ । त्यसैले पनि पार्टीले कुनै जोखिम उठाउन नचाहेको जसपा नेपालका एक वरिष्ठ नेताले बताए । ‘चुनावको मुखमा पार्टीमा विवाद ल्याउनु राम्रो होइन, जसोतसो यही सरकारलाई निरन्तरता दिने सोच बनेको छ तर निर्णय भएको छैन,’ उनले भने, ‘प्रदेशमा समायोजन हुन बाँकी छ । यदि समायोजन भयो भने लालबाबु राउतलाई प्रदेश २ प्रदेशसभाका संसदीय दलका नेता बनाउने सोच बनेको छ ।’ संसदीय दलको नेता बनाउन झन्झट भयो भने प्रदेशसभाको यो कार्यकाल यथास्थितिमै पूरा गर्ने सोच पनि पार्टी नेतृत्वले बनाएको जसपा स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑