काठमाडौँ । संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।
राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर उनीहरुले प्रदर्शन गरेका हुन् ।