बीरगन्ज। वीरगञ्जको नारायणी अस्प्तालमा गरिएको पिसिआर परिक्षणमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।पर्साका विभिन्न स्थानबाट संकलन गरिएको ६२ जनाको स्वाब परिक्षण गर्दा ३ जनामहिलासहित १२ जनामा संक्रमण पुष्ठि भएको अस्पतालका प्रबक्ता एवम् बरिष्ठ चिकित्सक डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । थपिएका संक्रमितहरु २२ वर्षदेखी ६९ वर्ष उमेर समुहका रहेका छन् । उनिहरुको सिटि भ्यालु २५ देखी ३५ सम्म रहेको डा. चौरसियाले बताउनुभयो ।
थपिएका संक्रमितहरु वीरगञ्ज महानगरपालिका वडा न. ७ मा ३ जना, वडा न. ४ मा १ जना, वडा न. १४ मा ४ जना, वडा न. ९ मा २ जना र वडा न. १० का १ जना रहेका छन् ।
त्यसैगरी पर्साको जिराभवानी गाउपालिका वडा न. १ का १ जनामा पनि संक्रमण पुष्ठि भएको डा. चौरसियाले बताउनुभयो ।