वीरगंज | केतपाईंले कहिल्यै सोच्नुभएको छ ? हरियो बगैंचा, पहाडी क्षेत्र या समुद्रको किनारामा हिंड्दा मजा किन आउँछ ? यो यसकारण हुन्छ कि तपाईको निकटता प्रकृतिसँग हुन्छ । जति तपाईं प्रकृतिको साथमा रहनुहुन्छ, तपाईंलाई उत्ति नै खुसी मिल्ने गर्छ ।
सबै जीवित प्राणीहरू धर्तीसँगको सम्बन्धलाई कायम राखेका हुन्छ । जमिन, माटो या चौरमा नाङ्गो खुट्टाले हिंड्दा तपाईंलाई प्रकृतिसँग जोडिने मौका मिल्छ । वैज्ञानिक अनुसन्धानले भन्छ – प्रकृति र मान्छेबीचको सम्बन्ध टुट्यो भने शारीरिक समस्या र रोगहरू पैदा हुन्छन् ।
नाङ्गो खुट्टासहित जमिनमा हिंड्दा धेरै फाइदा हुन्छ । पहिलो कुरा त यसो गर्नाले रक्तचाप सन्तुलनमा आउँछ ।
डाक्टरहरूले नाङ्गो खुट्टाले हिंडेमा शरीरमा ताजापन, शान्ति र सुरक्षाको महसुस हुने बताएका छन् । दिनको १० देखि १५ मिनेट खाली खुट्टाले हिंड्नाले रक्तचाप सन्तुलनमा आउँछ ।
धर्तीमा विद्युतीय शक्ति हुन्छ । खाली खुट्टा जमिनमा हिंड्नाले शरीरमा उर्जा पैदा हुन्छ । यसो गर्नाले शरीरको नेगेटिभ आयोनको अवशोषण पृथ्वीले गर्ने गर्छ ।
माटो र धर्तीसँग प्रत्यक्ष सम्पर्कमा आउनाले यो बाहेक अन्य धेरै फाइदा हुन सक्छ । माटोमा पाइने शुक्ष्म जीवहरूले हामीलाई प्राकृति रूपमै रोग प्रतिरोधी क्षमता विकास गराउन सक्छन् । राम्रो ब्याक्टेरियाहरू हाम्रो शरीरमा आएर शारीरिक फाइदा पुर्याउछन् ।
त्यसैले यदि सम्भव छ भने दैनिक १०/१५ मिनेट खाली खुट्टाले जमिनमा हिंड्ने प्रयास गर्नु सबैका लागि हितकर हुने विभिन्न अध्ययनहरूको निष्कर्ष छ ।