• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपामा समायोजन प्रक्रियासँगै विवाद शुरु

  • वीरगंज संजाल
  • १८ मंसिर २०७७, बिहीबार १८:१२
  • ५१४५

    काठमाडौँ । जनता समाजवादी पार्टीको समायोजन प्रकृया शुरु भएसँगै पार्टीमा विवाद शुरु भएको छ । प्रदेशहरुमा पार्टीको समायोजन प्रकृया शुरु भएर पूर्णता नपाउँदै विभिन्न ठाउँमा विवाद उत्पन्न भएको हो । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाख १० गते एकीकरण भएको थियो । तर, एकीकरण भएसँगै नेतृत्वको लागि अन्तरिक विवाद शुरु भएको थियो । त्यो विवाद मिलाउन झण्डै चार महिना लाग्यो ।

    नेतृत्व र केन्द्रीय कमिटीको विवाद समाधान भएपछि प्रदेश, जिल्ला, स्थानीय तहलगायतमा समायोजनको प्रकृया शुरु भएको छ । पार्टीको कार्यकारिणी समितिले निर्देशिका तयार गरी पार्टीको समायोजन शुरु गरेको छ । तर, अहिले शुरुवातमै प्रदेश १ र लुम्बनी प्रदेशमा समायोजनमा भएको विवाद बाहिर आएको छ । प्रदेश १ मा तत्कालिन समाजवादी पार्टीले एकतर्फी रुपमा पार्टी समायेजनको प्रकृया शुरु गरेको भन्दै तत्कालिन राजपा नेपालका नेताहरुले त्यसको विरोध गरेका छन् ।

    जसपा नेपालले जारी गरेको समायोजन निर्देशिका विपरित प्रदेश १ मा तत्कालिन राजपा नेपाललाई कुनै जानकारी नदिइ समाजवादी पार्टीले जनता समाजवादी पार्टीको नाम राखेर निर्देशिकाविपरित समायोजन प्रकृयालाई प्रभाव पार्ने विभिन्न निर्णय तथा क्रियाकलाप गरेको भन्दै त्यसप्रति राजपा नेपालका नेताहरुले आपत्ति जनाएका छन् । तत्कालिन राजपा नेपाल प्रदेश १ का अध्यक्ष फक्तलुङ योङहाङ र मुख्य सचिव सत्यनारायण साहले जारी गरेको विज्ञप्तिमा यस्तो गतिविधिले समायोजन प्रकृयालाई सहज बनाउन नसक्ने भएकाले त्यस्ता कार्यप्रति सचेत भइ पार्टी समायोजनका निम्ति सहज वतावरण बनाउन पूर्व समाजवादी पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

    तत्कालिन राजपा नेपालका प्रवक्ता रहेका जसपा नेपालका नेता सन्तोष मेहताका अनुसार राजपा नेपालका नेताहरुलाई कुनै जानकारी नदिइकन समाजवादी पार्टीका नेताहरुले प्रदेश स्तरीय जसपा नेपालका लागि पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएको छ । त्यति मात्र होइन, समाजवादी पार्टीका नेताहरुको उपस्थितिमा जसपा नेपालको नाममा शपथग्रहण समेत गराएको छ । समायोजन नै नभइ तत्कालिन समाजवादी पार्टीमा रहेका नेताहरुले आआफ्ना नेता तथा कार्यकतालाई सपथग्रहण समेत गराएको आरोप छ ।

    तत्कालिन समाजवादी पार्टी प्रदेश १ का अध्यक्ष एवं जसपा नेपालका केन्द्रीय सदस्य प्रविण चामलिङले पार्टीका केही नेताहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेको टिप्पणी गरे । प्रदेश १ मा तत्कालिन राजपा नेपालको कुनै संगठन नै नभएको बताउँदै उनले भने, ‘राजपा नेपालको प्रदेश १ मा कुनै संगठन छैन त्यही भएर कसैलाई नसोधेको हो । व्यक्तिगत हिसाबले सोध्दा झन् समस्या आउने देखिएपछि केन्द्रका नेताहरुसँग समन्वय गरेर समायोजन प्रकृयालाई अगाडि बढाएका हौँ ।’

    यता, लुम्बनी प्रदेशमा पनि त्यस्तै समस्या देखिएको छ । त्यहाँ पनि तत्कालिन समाजवादी पार्टीका नेताहरुले जथाभावी गरिरहेको आरोप तत्कालिन राजपा नेपालका नेताहरुले लगाएका छन् । त्यहाँ पनि पार्टी समायोजन नभएको तर तत्कालिन समाजवादी पार्टीले एकतर्फी रुपमा गतिविधि गरिरहेको भन्दै त्यहाँका तत्कालिन राजपा नेपालका नेताहरुले आपत्ति जनाएका छन् ।

    तत्कालिन राजपा नेपालका प्रदेश संयोजक स्वामीनाथ चौधरीले विज्ञप्ति जारी गरेर त्यसको विरोध गरेका छन् । समायोजनभन्दा अगाडि नै तत्कालिन राजपा नेपाल प्रदेश समितिलाई कुनै जानकारी विना तत्कालिन समाजवादी पार्टीको प्रदेशस्तरीय बैठकलाई जसपा नेपालको नामबाट प्रचारित गर्ने, निर्णय गर्ने कार्यलाई पूर्णतया अस्वीकार गरिएको बताइएको छ । जसपा नेपाल कार्यकारिणी समितिका सदस्य दानबहादुर चौधरीले पूर्व समाजवादी पार्टीका नेताहरु छुट्टै बैठक बसेर गरेको निर्णयमा केही त्रुटी भएको बताए ।

    तत्कालिन समाजवादी पार्टीका नेताहरु लुम्बनी प्रदेशमा राजपा नेपालका प्रदेशस्तरीय कुनै संगठन नरहेको बताउँछन् । त्यही भएर समायोजन प्रकृया अगाडि बढेको उनीहरुको दावी रहेको छ । तर, तत्कालिन राजपा नेपालका उपाध्यक्ष एव जसपा नेपाल कार्यकारीणी समितिका सदस्य सर्वेन्द्रनाथ शुक्लाले समाजवादी पार्टीका नेताहरुले लुम्बनी प्रदेशमा राजपाको संगठन नै नरहेको भन्नु गलत भएको बताए । उनले राजपा नेपालले गत चैत १० गते ७६ सदस्यीय प्रदेश कमिटी गठन गरेर केन्द्रलाई बुझाइ सकेको बताए । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण हुनुभन्दा पहिले नै प्रदेश कमिटी गठन भएको बताउँदै उनले समाजवादी पार्टी नेपालका नेताहरुले समायोजनको नाममा गलत गतिविधि गरिरहेको बताए । उनले राजपा नेपालको प्रदेश १, लुम्बनी प्रदेश र कर्णाली प्रदेशमा कमिटी रहेको बताए ।

    पार्टी समायोजन नभएको कारण प्रदेशमा जसपाको कोही पनि अध्यक्ष छैनन् । तर समाजवादी पार्टीका नेताहरुले जसपा नेपालको नाममा प्रदेशस्तरीय बैठक बसाएर केही निर्णयहरु गरेका छन् । पार्टीले जारी गरेको समायोजन निर्देशिका विपरित कुनै पनि काम नभएको दावी गर्दै तत्कालिन राजपा नेपालका नेताहरुले निर्देशिका अध्ययन नै नगरिकन विरोध गरेको उनीहरुले दावी गरे ।

    कुनै ठाउँमा दुई पार्टीमध्ये कुने एक पार्टीको मात्र समिति छ भने सो समिति जनता समाजवादी पार्टी, नेपालको समितिको रुपमा पुनर्गठन हुनेछ । त्यसरी पुनर्गठन गर्दा अर्को पार्टीका सदस्यहरुलाई उनीहरुको योग्यता र क्षमताअनुसार समेटिनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ । यो बुँदालाई तत्कालिन समाजवादी पार्टीले वेवास्ता गर्दै अगाडि बढेकोले गर्दा विवाद उत्पन्न भएको नेताहरुको आरोप छ ।

    जसपा नेपाल नेतृत्वको सरकार रहेको प्रदेश २ मा पहिलादेखि नै विवाद छ ।  त्यहाँ समायोजन अन्य प्रदेश जतिको सजिलो छैन त्यहाँ । जसपा नेपाल अन्य प्रदेशभन्दा प्रदेश २ मा बलियो भएको हुनाले त्यहाँ अध्यक्षका आकाङ्क्षी धेरै रहेका छन् । अहिले तत्कालिन समाजवादी पार्टीका विजय यादव प्रदेश अध्यक्ष रहेका छन् । राजपा नेपाल भने प्रदेश अध्यक्ष बनाउन सकेको थिएन ।

    प्रदेश २ मा समाजवादी पार्टीले अध्यक्षमा दावी गरिरहेका छन् । तर विजय यादवलाई प्रदेश अध्यक्षबाट हटाउने तयारी भइरहेको स्रोतले जनाएको छ । समाजवादी पार्टीको प्रदेश अध्यक्ष भएपछि उनले खासै राम्रो काम गर्न नसकेको गुनासो भइरहेको छ । बरु त्यसअघि अध्यक्ष रहेकी रेणु यादवले राम्रो गरेकाले उनैलाई पुनः अध्यक्ष बनाउने भन्नेबारे अन्तरिक छलफल चलिरहेको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार विजय यादवलाई अध्यक्षमा तत्कालिन राजपा नेपालले पनि साथ नदिने बुझिएको छ । यदि रेणु यादव अध्यक्षका लागि अगाडि आए राजपा नेपालले पनि साथ दिने बुझिएको छ । त्यहाँको प्रदेश संसदीय दलको नेतामा पनि थुप्रैले दावी गरिरहेका छन् । त्यहाँ जो संसदीय दलका नेता बन्छन् ऊ नै मुख्यमन्त्री बन्नेछन् । त्यसैले, संसदीय दलको समायोजन प्रकृया मुख्यमन्त्री लालबाबु राउतले अगाडि बढ्न दिइरहेको छैन ।प्रदेश २ मा तत्कालिन राजपा नेपालको प्रदेश कमिटी छैन ।रातोपाटी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑