वीरगंज | हुम्लाको सिमकोटस्थित विमानस्थलमा लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको छ । बिहीबार बिहान ५ बजे लागेको आगो ७ बजे नियन्त्रणमा आएको हो ।
विमानस्थल प्रमुख बस्ने क्वार्टरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
क्षतिको विवरण भने आइनसकेको प्रमुख प्रहरी नायव उपरीक्षक सुवेदीले बताए । आगोको लप्काले विमानस्थल क्वार्टरको भवनको क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरीले जनाएको छ ।