बर्दिबास । बिबेक कुमार महतो । गायक रामबली यादवको स्वरमा ‘हमर मिथिला महान’ बोलको गीत रिलिज भएको छ ।
मिथिला मधेशको कृषि,सान्स्कृतिक परम्परा लाई शीर्षक बनाएर मैथिली गीत ‘हमर मिथिला महान’ भिडियो डिके फिल्म मैथिली युट्युब चाइनलबाट रिलिज गरेको हो ।
भिडियोमा मधेश मिथिलाको परम्परा लाई दर्शाएका छन् । गीतको शब्द निराजन यादव र संगीत जागेश ठाकुरले दिएका छन् । गीतका मियुजिक एरेञ्ज रोहित प्रमोद हुन् ।
भिडियोको निर्देशक सोनु कुमारले गरेका हुन् भने निर्माता उमेश साह रहेका छन् ।
म्युजिक भिडियोमा अजमल खान, नीरजान यादव, शोभा पासवान, रामकुमार यादव, आरती भण्डारी, देबु, तेज नारायण, चन्देश्वर मण्डल र सकल देवी मंडलले अभिनय गरेका छन् ।