वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नं. १ भिखमपुर पिपरास्थित एक युवकको शव फेला परेको छ ।कालिकाई गाउँपालिकाकाे वडा नं.–१ तिनडोबिया टोल निवासी २६ वर्षीय एमामुल हुसेनको शव फेला परेको प्रहरीले जनाएको छ ।
तीन दिनदेखि बेपता रहेका हुसेनकाे बुधबार बिहान ८ बजे भिखपुर पिपरास्थित गुलरिया जाने बाटाेमा शव भेटिएको स्थानियहरुले वताएका छन् । स्थानियहरुका अनुसार उनी साेमबार भिखपुर नै जन्ती गएका थिए ।
हुसेनकाे दाहिने आँखा निकालिएको छ, जसले गर्दा उनको हत्या गरिएको हुन सक्ने परिवारजनले बताएका छन् । परिवारजनका अनुसार हुसेनलाई जन्ती जान भनेर घरबाट बोलाएर स्थानिय २ युवकले लगेका थिए ।
साेही दिनदेखि वेपत्ता हुसेनकाे शवलाई स्थानीय नागरिकहरुले खेतमा जाँदा नहरमा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पोखरीया, लंगडी तथा आसवारी चौकीका नेपाल प्रहरी र भिखमपुरस्थित सशस्त्र प्रहरी बेस क्याम्पसका सुरक्षाकर्मीहरुले शवस्थललाई आफ्नो नियन्त्रणमा लिएर मुचुल्का उठाई भिखमपुरस्थित एम्बुलेन्समा उक्त शवलाई राखेर पोष्टमार्टमको लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको थियो ।
एउटा आँखा निकालिएको अवस्थामा शव फेला परेका कारण कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीकाे आशंका छ ।