बारा । कैलास धारा तेल मिलमा खाद्य तथा गुण नियन्त्रण कार्यालयले आज अनुगमन गरेको छ ।
उपभोक्ता हित संरक्षण मन्च, जितपुरसिमरा उमनपा नगर कमिटिको सुचनाका आधारमा खाध्य तथा गुण नियन्त्रण प्रदेश कार्यालय जनकपुरका प्रमुख बिजय खनाल र खाध्य तथा र गुण नियन्त्रण कार्यालय बिरगंजका प्रमुख बिकि राउत,
इलाका ईलाका प्रशासन कार्यालय सिमराका गोकर्ण बर्तौला, पत्रकार शारदा पोखरेल, उपभोक्ता हित संरक्षण मन्चका उपाध्यक्ष अजय अधिकारी, जितपुरसिमरा उमनपा नगर कमिटी अध्यक्ष कमला अधिकारी र सचिव चुडामणि(राजु) गौतम सहितको अनुगमनमा जितपुरसिमरा उमनपा २२ मा रहेको कैलाशा धारा तेल मिलमा पुग्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने त्रिशक्ति ब्रान्डको आयातित तोरी तेल प्याकमा सन्कास्पद देखिएकोले थप चेकजाचको लागि नमुना सन्कलन गरि उद्योगमा सिल गरिएको छ ।