• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इन्टरनेटमा आउने गलत सामग्री विरुद्ध उजुरी दिन चाहनुहुन्छ ? यसो गर्नुहोस्

  • वीरगंज संजाल
  • १७ मंसिर २०७७, बुधबार २२:०२
  • ३०४५

    । तपाईंले हेर्दै आएको युट्युव च्यानल, अनलाइन पोर्टल, सामाजिक सञ्जालका पेज तथा प्रोफाइलमा झुटा समाचार, संवेदनशील फोटो, भिडियो तथा अनुपयुक्त सामग्रीहरु शेयर भइरहेको देख्नु भएकै होला ।

    कहिले काहिं त नराम्रोसँग झुक्किनु भएको पनि हुनसक्छ । गलत र भ्रामक सामग्री हो भनेर ठम्याइहाले पनि त्यसलाई बेवास्ता गर्नेभन्दा त्यस्ता विषयवस्तु विरुद्ध कतै उजुरी वा रिपोर्ट गर्नु भएको छ ?

    तपाईं हामीले यस्ता विषयवस्तु चुपचाप देखे/नदेखे झैं गर्ने हो भने अनलाइनको प्लेटफर्म कुरुप अनि भद्दा हुँदै जाने निश्चित छ ।

    त्यसैले एउटा जिम्मेवार प्रयोगकर्ताको रुपमा यस किसिमका सामग्री तथा विषयवस्तु विरुद्ध औंला उठाउन जरुरी छ । हाम्रो टोल/छरछिमेक जस्तै अनलाइनलाई पनि स्वच्छ, स्वस्थ अनि सफा बनाउन तपाईं हाम्रो भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

    दैनिक करोडौं मानिसहरुले सामाजिक सञ्जालहरुमा अनेक किसिमका जानकारीहरु शेयर गरिरहेका हुन्छन् । त्यसभन्दा बढी संख्यामा त्यस्ता जानकारी र सामग्रीहरु शेयर हुन्छन् । अनि त्यसले पुर्‍याउने असर पनि त्यति नै ठूलो हुन्छ ।

    सामाजिक सञ्जाल अन्तरक्रियात्मक हुन्छन् । त्यहाँ विविध किसिमका रुची र धारणाहरु शेयर हुन्छन् । तीमध्ये कमैले मात्र यस्ता प्लेटफर्महरुको नियम र शर्तमा बाँधिएर सामग्री उत्पादन गरिरहेका हुन्छन् । आवश्यक परेको खण्डमा गलत किसिमका सामग्री विरुद्ध रिपोर्ट गर्न सकिने उपाय नभएको होइन  ।

    यदि कसैले झुटा समाचार, गलत दिशातर्फ डोर्‍याउने, प्रतिलिपी अधिकार मिचेका, झुक्याउने, स्पाम जस्ता अनुपयुक्त र संवेदनशील सामग्रीहरु शेयर गरेको खण्डमा त्यस विरुद्ध कसरी रिपोर्ट तथा उजुरी गर्ने भन्ने विषयमा यहाँ चर्चा गर्दै छौं ।

    १.साइबर ब्युरो

    इन्टरनेटको युगमा अनलाइन दुर्व्यवहार एकदमै सामान्य भइसकेको छ । इन्टरनेटमा किशोरावस्थाका आधा जसो प्रयोगकर्ताहरु दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् ।

    तर बिडम्बनाको विषय त्यसमध्ये आधाले यस किसिमका गतिविधि विरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनभने उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन ।

    त्यस्ता दूर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्युरो गठन भएको छ ।

    • ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
    • प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
    •  यहाँ  गरी निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् ।
    • साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् ।
    •  प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
    • यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

    २. प्रेस काउन्सिल

    पत्रकार आचारसंहिता २०१६ अनुसार अनलाइन मिडियाहरुले कुनै पनि समाचार सामग्री प्रकाशन तथा प्रशारण गर्नु अघि आफ्नो स्रोत तथा जानकारी पुष्टि गर्नुपर्ने हुन्छ । हिंसा, आतंकवाद, अपराध, आत्महत्या, अश्लीलता जस्ता गतिविधिलाई प्रोत्साहन गर्ने सामग्रीको प्रसारण गर्न पाइदैन ।

    विशेषगरी कोभिड-१९ अर्थात कोरोनाभाइरसको यो संकटपूर्ण घडीमा प्रेस काउन्सिल नेपालले छुट्टै निर्देशिका समेत जारी गरेको छ । झुटा तथा अफवाहपूर्ण समाचार प्रशारण गर्ने वेब तथा अनलाइन पोर्टलहरु अनेक छन् ।

    यदि तपाईंहरुले समाचारको रुपमा यस्ता सामग्रीहरु अनलाइनमा कतै देख्नु भयो भने सबैभन्दा पहिले जुन प्लेटफर्ममा (फेसबुक, ट्वीटर, युट्युवमा) देख्नुभयो त्यसैमा रिपोर्ट गर्नुहोस् ।  त्यसपछि विस्तारै साइबर ब्युरो र प्रेस काउन्सिलको सहयोग लिनुहोस् ।

    • प्रेस काउन्सिलमा ईमेल मार्फत उजुरी पठाउन सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
    •  अब यहाँ क्लिक गरी नमूनामा उल्लेख भएअनुसार निवेदन लेख्नुहोस् ।
    • स्क्रीनसट तथा लिंक जस्ता प्राप्त प्रमाणहरु अट्याच गर्नुहोस् ।

    ३. युट्युव

    तपाईंले युट्युवलाई त्यहाँ रहेका अनुपयुक्त सामग्रीहरको विषयमा सोझै रिपोर्ट गर्न सक्नुहुन्छ ।

    • रिपोर्ट गर्न चाहेको भिडियो मूनिको प्लेयरमा रहेको मोरमा क्लिक गर्नुहोस् ।
    • त्यसपछि देखा पर्ने मेनुमा गएर रिपोर्ट अप्सन चयन गर्नुहोस् ।
    • उक्त भिडियोले कुन नियम उल्लंघन गरेको छ भन्ने कुरा खुलाउन त्यहाँ रहेकामध्ये एउटा उपयुक्त विकल्प रोज्नुहोस् ।
    • त्यसपछि तपाईंको आरोपलाई पुष्टि गर्ने विवरणहरु जस्तै टाइमस्ट्याम्प (भिडियोको कति मिनेटमा त्यस्तो सामग्री छ) वा नियम उल्लंघनको व्याख्या सकेसम्म स्पष्ट रुपमा राख्नुहोस् ।
    • प्रत्येक च्यानल मूनी एउटा बटम रहेको हुन्छ त्यहाँबाट तपाईले च्यानलविरुद्ध रिपोर्ट गर्न सक्नहुन्छ ।
    • तपाईंले कुनै निश्चित युट्युव च्यानलकै विरुद्ध समेत उजुरी गर्न सक्नुहुन्छ । त्यसका लागि सम्बन्धित च्यानल खोल्नुहोस् ।
    • त्यहाँ दायाँ तर्फ रहेको अबाउट मा क्लिक गर्नुहोस् ।
    • अब त्यसको तल पट्टी रहेको झण्डा आकारको बटन दबाउनुहोस् ।
    • अब त्यहाँ तपाईंले आफ्नो गुनासोसँग मिल्ने उपयुक्त अप्सन चयन गरेर युट्युव च्यानलकै विरुद्ध उजुरी गर्न सक्नुहुन्छ ।

    कसैले अनुमति बिना तपाईंको व्यक्तिगत जानकारी युट्युवमा पोस्ट गरे के गर्ने ? 

    सबैभन्दा पहिले जसले तपाईंको सामग्री अपलोड गरेको हो, उसँग सम्पर्क गरेर त्यस्तो सामग्री हटाउन आग्रह गर्नुहोस् ।

    यदि तपाईंको आग्रह त्यस्तो व्यक्तिले मानेन वा सम्पर्क हुन सकेन भने तपाईंले यहाँ क्लिक गरी युट्युवको गोपनीयता निर्देशिका अनुसार त्यस्तो सामग्री हटाउनका लागि आग्रह गर्न सक्नु हुन्छ ।

    यदि तपाईं अर्को तरिकाबाट युट्युवलाई रिपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी युट्युवको रिपोर्टिङ सेक्सन र सेफ्टी गाइडलाइनहरु चेक गर्न सक्नुहुन्छ ।

    ४. ट्वीटर

    तपाईं कुनै ट्वीट विरुद्ध रिपोर्ट गर्न चाहनुहुन्छ भने आफ्नो रिपोर्टको सान्दर्भिकता र कारणलाई केलाउन ट्वीटरले त्यस सम्बन्धी थप जानकारी माग्न सक्छ ।

    तपाईंले रिपोर्ट गरेको ट्वीटका शब्दहरु ट्वीटरले आफ्नो फलोअपमा समावेश गर्नेछ र तपाईंलाई नोटिफिकेसन दिनेछ । थप विस्तृत जानकारीका लागि ट्वीटरको सेफ्टी एण्ड सेक्युरिटी सेक्सनमा जानुहोस् र प्लेटफर्ममा देखिएको अनपयुक्त सामग्रीहरुको रिपोर्ट गर्नुहोस् ।

    ५. फेसबुक

    • पोस्टको माथिपट्टिको दायाँ भागमा रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।
    • त्यहाँ अन्तिममा रहेको फाइन्ड सपोर्ट अर रिपोर्ट पोस्टमा जानुहोस् ।
    • फेसबुकलाई त्यस्तो पोस्टको बारेमा सुझाव तथा प्रतिक्रिया दिन त्यहाँ रहेका मध्ये उपयुक्त विकल्प छान्नुहोस् ।
    • सबमिट बटन थिचेर तपाईंले फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ ।
    •  यहाँ क्लिक गरी फेसबुकमा रिपोर्ट गर्ने विषयमा थप जानकारी लिन समेत सक्नुहुन्छ ।

    तपाईंले यसरी रिपोर्ट गर्दा फेसबुकले कन्टेन्टको भिजिबिलिटीलाई सीमित बनाउन सक्छ । सम्बन्धित प्रयोगकर्तालाई त्यस्तो कन्टेन्ट प्लेटफर्मबाट डिलिट गर्न उसले आग्रह गर्न सक्छ । त्यस अलावा फेसबुकले उक्त अकाउन्टलाई निलम्बन गर्न समेत सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑