बिरगंज।नेपाल भारत खुल्ला सिमा सम्वाद समुहको आयोजनामा भएको अनिश्चितकालिन धर्ना प्रदर्शन कार्यक्रमको मंगलबार पाचौं दिन पनि धर्ना जारी नै रहेको संयोजक कृष्णा पटेलले जानकारी दिनु भएको थियो ।
बिरगंज महानगर पालिका वडा न.१६ स्थित बिरगंज भन्सार एरियामा मंसिर १२ गते शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा नेपाल – भारत सिमा नाका खुलाउन धर्ना बस्दै आईरहेको आज मंगलवार पाचौं दिन पनि १ घन्टा बिरगंजको भन्सारमा धर्ना बसेको समुहकिमुन्नी श्रीवास्तवले जानकारी गराउनु भयो ।
बिश्वभरी फैलिएको कोभोड -१९ कोरोना भाईरसका कारण नेपालमा चैत्र ११ गते देखि अनिश्चितकालीन नेपाल तर्फको सिमा नाका पुर्ण रुपमा बन्द रहेको तर भारतले एकतर्फी खुल्ला गरेपनी नेपालले रोक लगाएकोले सर्वसाधारणलाई खाद्यान्न , उपचार , अध्ययन , बिवाहवारीमा आवत- जावत गर्न कठिनाई भैई रहेकोले बन्द सिमा नाका खोल्नु पर्ने माग राख्दै नेपाल – भारत सिमा सम्बाद समुहले यहि मंसिर १२ गते शुक्रबार देखि अनिश्चितकालीन धर्ना बस्दै आईरहेको आज मंगलवार्व पाचौं दिन पनि जारी नै रहेको छ ।
जबसम्म सिमा नाका पुर्ण रुपले खुल्दैन तब सम्म धर्ना कार्यक्रम जारी नै रहने श्रीवास्तवले बताए ।त्यसै गरि धर्ना कार्यक्रममा राजिब झा, करिमा बेगम , कृष्णा पटेल , शिव पटेल , मुन्नी श्रीवास्तव , रम्भा मिश्र, मिनु ठाकुर , प्रतिमा जोशी , उषा श्रीवास्तव , कपिल प्रसाद चौगाई , राजनारायण मिश्र , जनार्दन यादव , मदन गुप्ता , शेख मुन्ना लगायतकाको उपस्थिति रहेको थियो ।