वीरगंज | फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भई कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षीय दिपक भनेर चिनिने प्रकाश नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकाको घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रकाशलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यसै गरी कैलालीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका ६ नारासोती बस्ने १९ वर्षीय जिवन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको उजुरी पछि शाहीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।