वीरगंज। पाँचजना सदस्यको नियुक्तसँगै विज्ञापन बोर्डले पूर्णता पाएको छ । सोमबार विज्ञापन बोर्डका सदस्यमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान)का अध्यक्ष चन्द्र न्यौपानेसहित पाँचजना सदस्य नियुक्त गरिएको थियो ।
यस्तै बोर्डका अन्य सदस्यमा सामुदायिक रेडियो प्रशारक संघ (एको-याव)का बन्दना दनुवार, राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन र संचारकर्मी बलराम थापा रहेका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार संचार मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी नव नियुक्त सदस्यहरुलाई बोर्ड सदस्यमा नियुक्ति गरिएको सरकारको पत्र सहित सफलताका साथ काम गर्न शुभकामना समेत दिए ।
बोर्डको अध्यक्षमा संचार मन्त्रालयका सह सचिव डिल्लीराम शर्मालाई सरकारले यस अघिनै तोकिएको थियो । बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठकले यही मंसिर २२ गते बसेर विज्ञापन ऐन २०७६ले दिएको कार्यादेश अनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको छ ।