एजेन्सी। जब अध्ययनको कुरा आउँछ तब स्कुललाई हामी चाहेर पनि भुल्न सक्दैनौँ । स्कूल सिम्झने बित्तिकै हाम्रो दिमागमा बोझले भरिएको बच्चाको याद आउँछ । तर आज हामी तपाईहरुलाई संसारका यस्ता स्कूलको बारेमा जानकारी दिँदैछौँ, जहाँ अध्ययनको लागि अनौठा तरिका अपनाउने गरिन्छ ।
१. मकोको फ्लोटिङ्ग स्कूल
केहि ठाउँहरुमा गाउँमा स्कूल नहुने तथा टाढा हुनेका कारण बच्चाहरु पढ्न जान सक्दैनन् । तर नाइजेरियामा यो समस्या समाधान गर्नको लागि नयाँ तरिका अपानाइएको छ ।
नाइजेरियामा एउटा यस्तो स्कुल खोलेका छ,जो स्कूल पानीमा तैरिन्छ । खाली ठाउँ नभएका कारणले नाइजेरीयामा पानी माथि स्कुल बनाइएको हो । यो स्कूल पानी माथि तैरिरहन्छ र पानीको मात्रा घटबड हुँदा पनि केहि असर पदैन ।
२. द स्कूल अफ सिलिकन भ्याली
यो स्कुलमा बच्चाहरुलाई यस्तो तरिकाबाट पढाइन्छ कि त्यो बारेमा थाहा पाउँनासाथ अधिकांश बच्चाहरु त्यहि पढ्ने आश गर्छन् ।
त्यहाँ बच्चाहरुलाई पढ्नको लागि उच्च स्तरको टेक्नीकल तरिका अपनाइन्छ । बच्चाहरुलाई स्कूलमा आई प्याड,थ्री डी मोडलिङ्ग र संगीतको माध्यामबाट पढाइन्छ ।
३. द केव स्कूल
चीनमा रहेको यो स्कूलमा संसारका अन्य स्कुलको भन्दा फरक तरिकाले अध्ययन गराइन्थ्यो । यो स्कूल प्राकृतिक गुफाभित्र छ । यो स्कूल सन् १९८४ मा बनाइएको थियो ।
त्यहाँ यस्तो बच्चालाई मात्र शिक्षा दिइन्थ्यो, जो बच्चा स्कूल जान सक्दैन थिए । तर सन् २०११ म चीनले यो स्कुल बन्द गरिदियो ।
४. सडबरी स्कूल
विश्वमा एउटा यस्तो एउटा स्कूल छ,जहाँ विद्यार्थी आफैँले आफ्नो टाइम टेबल बनाउँनु पर्छ । अमेरिकामा रहेको यो अनौठो स्कूलमा बच्चाहरु कुन दिन के पढने भनेर आफैले टाइम मिलाउँने गर्छन् ।
साथै बच्चाहरुले आफ्ना शिक्षकहरुले कुन तरिकाबाट पढाउने भन्ने कुरा पनि उनीहरुले नै बताउँछन् ।
५. द कार्पे डियम स्कूल
यो स्कूलको कक्षाकोठा जम्मा ३ सय क्युबिकल क्षेत्रफलमा बनेको छ । विद्यालयले सबै कक्षाकोठा अफिसको जस्तै तरिकाले सञ्चालन गर्छ ।
किनभने विद्यालयले कार्यालयको जस्तै तरिकाले बच्चाहरुले सबै कुरा सिक्न सकुन् । साथै बच्चाहरुलाई केहि समस्या नपरोस् ।
यदि समस्या आईहाले पनि चाँडै अफिसमा भएका मानिसले उनीहरुको समस्या समाधान गर्न सकुन् ।