• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एनसीएचएललाई नेसनल पेमेन्ट स्वीच सञ्चालनको अनुमति, अब कार्डको भुक्तानी सस्तिने

  • वीरगंज संजाल
  • Nov 30, 2020, 7:02 pm
  • ३३६१

    वीरगंज । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेसनल पेमेन्ट स्वीच सञ्चालनको अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्र पेमेन्ट गेट-वेको रुपमा पेमेन्ट स्वीच स्थापना र सञ्चालनको स्वीकृति दिएको हो ।

    त्यसो त एनसीएचएलको आईपीएस र कनेक्ट आईपीएस सिस्टमले नेसनल पेमेन्ट गेटवेकै रुपमा काम गर्दै आएको छ । अहिलेसम्म कार्ड र नगदरहित भुक्तानी प्रणालीको रुपमा काम गरिरहेको एनसीएचएलले नेसनल पेमेन्ट स्वीचको रुपमा आफ्नो दायरा बढाउने भएको हो ।

    सरकारका सबै किसिमका भुक्तानी एनसीएचएलको एनपीआईले समेट्दै गएपछि अब नेसनल पेमेन्ट गेटवेको आवश्यकता समेत कम हुँदै गएको छ । कार्ड सेवाप्रदायकले छुट्टाछुट्टै रुपमा सेवा प्रवाह गरिरहेको अहिलेको समयमा त्यसको इन्टरअपरेबिलिटी (अन्तर सञ्चालन) का लागि नेसनल स्वीचले काम गर्नेछ ।

    त्यसका साथै नेपालमा जारी हुने भिषा, मास्टरकार्ड, युनियन पे जस्ता कार्डहरु समेत अन्तर्राष्ट्रिय नेटवर्कमै छन् । जसले गर्दा कार्डमार्फत नेपाली प्रयोगकर्ताको सूचना देश बाहिर मात्र गइरहेको छैन, डलरमा भुक्तानी गर्नुपर्ने हुँदा शुल्क समेत महंगो पर्ने गरेको छ ।

    तर अब भने कार्डको नेटवर्क राउटिङ र सेटलमेन्ट नेपालभित्रै गर्न सकिने एनसीएचएलका सीईओ नीलेशमानसिँह प्रधानले बताए । स्वीच स्थापना भइसकेपछि भिषा, मास्टर कार्ड र युनियन पे जस्तै नेपालको आफ्नो छुट्टै कार्ड समेत जारी गरिनेछ ।

    ‘नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको समन्वयमा एनसीएचएल अन्तर्गत नेसनल पेमेन्ट स्वीचको स्थापना गर्न लागिएको हो,’ सीईओ प्रधानले भने, ‘यसबाट कार्डसँगै डिजिटल वालेटहरुबीचको अन्तरसञ्चालनको संयन्त्र समेत तयार पार्ने योजना छ ।’

    हाल वालेटको अन्तरसञ्चालन प्रणाली नहुँदा एउटा वालेटबाट अर्को वालेटमा सोझै रकम ट्रान्सफर गर्न सकिँदैन । नेसनल पेमेन्ट स्वीच बहुवर्षिय योजनाको रुपमा कर्यान्वयनमा लैजाने गरी प्रोजेक्ट प्लानको काम अगाडि बढाइएको प्रधानले जानकारी दिए ।

    नपालमा ई–पेमेन्ट सिस्टमको रुपमा कनेक्ट आईपीएसले बैंक खाताबाट रियल टाइम भुक्तानीका लागि आवश्यक पूर्वाधार र संयन्त्रको रुपमा काम गरिरहेको छ ।

    यो पूर्वाधार खासगरी सानो तथा मध्यमस्तरको भुक्तानीलाई लक्षित गरी तयार पारिएको हो ।अन्तर्राष्ट्रिय स्तरमा यसलाई भारतको आईएमपीएस, श्रीलंकाको जस्ट पे, स्वीडेनको स्वीस एप , बेलायतको एफपीपी, अस्ट्रेलियाको एनपीपी जस्ता प्लेटफर्महरुसँग यसलाई दाँजेर बुझ्न पनि सकिन्छ । कनेक्ट आईपीएस एनपीआई (नेसनल पेमेन्ट इन्टरफेस) मार्फत अन्य बैंकिङ एप तथा सिस्टमसँग जोडिएको छ ।

    एनसीएचएल नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको पूर्वाधार कम्पनी हो । जसले अन्तर बैंक कारोबारमा सहजीकरण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑