• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एनसीएचएललाई नेसनल पेमेन्ट स्वीच सञ्चालनको अनुमति, अब कार्डको भुक्तानी सस्तिने

  • वीरगंज संजाल
  • १५ मंसिर २०७७, सोमबार १९:०२
  • ४२६९

    वीरगंज । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेसनल पेमेन्ट स्वीच सञ्चालनको अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्र पेमेन्ट गेट-वेको रुपमा पेमेन्ट स्वीच स्थापना र सञ्चालनको स्वीकृति दिएको हो ।

    त्यसो त एनसीएचएलको आईपीएस र कनेक्ट आईपीएस सिस्टमले नेसनल पेमेन्ट गेटवेकै रुपमा काम गर्दै आएको छ । अहिलेसम्म कार्ड र नगदरहित भुक्तानी प्रणालीको रुपमा काम गरिरहेको एनसीएचएलले नेसनल पेमेन्ट स्वीचको रुपमा आफ्नो दायरा बढाउने भएको हो ।

    सरकारका सबै किसिमका भुक्तानी एनसीएचएलको एनपीआईले समेट्दै गएपछि अब नेसनल पेमेन्ट गेटवेको आवश्यकता समेत कम हुँदै गएको छ । कार्ड सेवाप्रदायकले छुट्टाछुट्टै रुपमा सेवा प्रवाह गरिरहेको अहिलेको समयमा त्यसको इन्टरअपरेबिलिटी (अन्तर सञ्चालन) का लागि नेसनल स्वीचले काम गर्नेछ ।

    त्यसका साथै नेपालमा जारी हुने भिषा, मास्टरकार्ड, युनियन पे जस्ता कार्डहरु समेत अन्तर्राष्ट्रिय नेटवर्कमै छन् । जसले गर्दा कार्डमार्फत नेपाली प्रयोगकर्ताको सूचना देश बाहिर मात्र गइरहेको छैन, डलरमा भुक्तानी गर्नुपर्ने हुँदा शुल्क समेत महंगो पर्ने गरेको छ ।

    तर अब भने कार्डको नेटवर्क राउटिङ र सेटलमेन्ट नेपालभित्रै गर्न सकिने एनसीएचएलका सीईओ नीलेशमानसिँह प्रधानले बताए । स्वीच स्थापना भइसकेपछि भिषा, मास्टर कार्ड र युनियन पे जस्तै नेपालको आफ्नो छुट्टै कार्ड समेत जारी गरिनेछ ।

    ‘नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको समन्वयमा एनसीएचएल अन्तर्गत नेसनल पेमेन्ट स्वीचको स्थापना गर्न लागिएको हो,’ सीईओ प्रधानले भने, ‘यसबाट कार्डसँगै डिजिटल वालेटहरुबीचको अन्तरसञ्चालनको संयन्त्र समेत तयार पार्ने योजना छ ।’

    हाल वालेटको अन्तरसञ्चालन प्रणाली नहुँदा एउटा वालेटबाट अर्को वालेटमा सोझै रकम ट्रान्सफर गर्न सकिँदैन । नेसनल पेमेन्ट स्वीच बहुवर्षिय योजनाको रुपमा कर्यान्वयनमा लैजाने गरी प्रोजेक्ट प्लानको काम अगाडि बढाइएको प्रधानले जानकारी दिए ।

    नपालमा ई–पेमेन्ट सिस्टमको रुपमा कनेक्ट आईपीएसले बैंक खाताबाट रियल टाइम भुक्तानीका लागि आवश्यक पूर्वाधार र संयन्त्रको रुपमा काम गरिरहेको छ ।

    यो पूर्वाधार खासगरी सानो तथा मध्यमस्तरको भुक्तानीलाई लक्षित गरी तयार पारिएको हो ।अन्तर्राष्ट्रिय स्तरमा यसलाई भारतको आईएमपीएस, श्रीलंकाको जस्ट पे, स्वीडेनको स्वीस एप , बेलायतको एफपीपी, अस्ट्रेलियाको एनपीपी जस्ता प्लेटफर्महरुसँग यसलाई दाँजेर बुझ्न पनि सकिन्छ । कनेक्ट आईपीएस एनपीआई (नेसनल पेमेन्ट इन्टरफेस) मार्फत अन्य बैंकिङ एप तथा सिस्टमसँग जोडिएको छ ।

    एनसीएचएल नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको पूर्वाधार कम्पनी हो । जसले अन्तर बैंक कारोबारमा सहजीकरण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑