बारा | अमरेस कुमार पाण्डे। बारा को नाका खोल्न नेपाल परिवार दल देवताल गाउँ पालिका कार्यासमितीले ज्ञापन पत्र बुझाएको छ। जिल्ला को सिम्रौनगढ, कलैया उप महानगरपालिका वडा नं १० स्थित मटिअर्वा सन्तगज सहित अन्य नाकाहरु खोल्न कार्यसमिति सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट दक्षिण झिटकैयालाइ ज्ञापन पत्र बुझाएको हो।
कार्यसमितिले ज्ञापन पत्रमा ‘कोरोना माहामारी हाल सम्म नाका बन्द रहेको कारण आम सर्वसाधारणले धेरै कठिनाइको साथै चरको महगी भोग्नु परेको तथा दैनिक उपभोग्नू कीन र किसान ले चाहेको मल खाद ल्याउन कठिनाइ भएको उल्लेख छ ।
नेपाल परिवार दल देवताल गापा को कार्यसमिति सशस्त्र प्रहरी बल नेपाल बोडर पोष्ट आउट दक्षिण झिटकैया प्रहरी नायब उपरीक्षक गणेश बहादुर थापा लाइ ज्ञापन पत्र हस्तान्तरण गरेको हो।
बोडर आउट पोष्ट द झिटकैया मार्फत जिल्लामा ज्ञापन पत्र पठाइएको अध्यक्ष रामचन्द्र चौधरी ले बताए। ज्ञापन पत्र हस्तान्तरण पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी सचिव अछेलाल राम पार्टी प्रवक्ता उपेन्द्र पैसवान देवताल कार्यसमिति संयोजक कनक चौधरी रामबाबु सोनार लगायत नेता गरेका थिए।