• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सविधान सभा सदस्य राजकुमार गुप्तालाई अदालत बाट क्लिन चिट

  • वीरगंज संजाल
  • ११ मंसिर २०७७, बिहीबार २१:२३
  • ११०४५

    वीरगन्ज । कृष्ण कुमार ।कात्तिक ६ गतेमा बिन्दवासीनी गाउँपालिकाको प्रसौनीमा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको दुई पक्ष को झडपमा परी ज्यान गुमाएका नेकपा नेता  मुकेश चौरसियाको हत्या काण्डमा प्रहरीले २७ जना बिरुद्ध  प्रहरीले अदालतबाट मुदा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या प्रकरणको अनुसन्धान सहित आफनो प्रतिवेदन जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालयमा बुझाएको हो ।

    बुधवार प्रहरीले प्रतिवेदन बुझाएको जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालय पर्साले जनायो । बिहीबार जिल्ला न्यायधीवक्ताको कार्यालयले प्रहरीले दिएको प्रतिवेदनको बिस्तृत अध्ययन पछि १३ जना बिरुद्ध मुद्दा चलाउने गरी कर्तब्य ज्यान अन्र्तगतको मुद्दामा कारवाहीको कागदावी राख्दै जिल्ला अदालत पर्सामा अभियोजन गरेको छ । जिल्ला सरकारी न्यायधीवक्ताको कार्यालयले घटना कुनै पनि कोणबाट संलग्न नदेखिएका ब्यक्तिहरुको नाम हटाएर अदालतमा मुद्धा दर्ता गरेको स्रोतले जनाएको छ ।

    अनुसन्धानको क्रममा अझै छुट्ने वा बढ्ने दुबै सम्भावनाहरु रहने स्रोतले जनायो । चौरसियाको हत्या पछि पीडित परिवारलाई अगाडि सारेर संविधान सभाका सदस्य राजकुमार गुप्ताको राजनीतिक जीवनको अवसान गराउन खोज्ने षडयन्त्र भने असफल भएको छ । प्रहरीको अनुसन्धानमा हत्याको घटनामा गुप्ताको संलग्नतालाई पुष्टि गर्ने आधार र प्रमाणको अभाव भएकोले नै जिल्ला न्यायधीवक्ताको कार्यालयले गुप्ता बिरुद्ध मुद्धा चलाउन नपर्ने गरि अभियोजन गरेको हो ।

    गुप्ता सहित अन्य नेताहरुको समेत नाममा जिल्ला सरकारी वकील कार्यालयले मागदावी गरेर अदालतमा मुद्धा दर्ता गराएको छैन । गुप्तालाई केन्द्रित गरेर पार्टीको स्थायी समितीका सदस्यहरु केन्द्रीय सदस्यहरुले जसरी वीरगञ्जमा सडकमा आन्दोलन गरेर आफ्नै पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकार र त्यसले सञ्चालन गरेको कानूनी ब्यवस्था प्रति अविश्वासको वतावरण पैदा गरे परिणामले त्यसलाई गलत सावित गरिदियो ।

    अब निर्दोष मान्छेलाई दोषी करार गर्दै सडकबाट कोकोहोलो मच्चाउने नेताहरुले सामान्य नैतीकता प्रर्दशन गर्छन् की गर्दैनन त्यो हेर्न पर्सेली नेकपाजन प्रतिक्षामा छन । कानूनी ब्यवस्था प्रति अविश्वास सृजना गरेर राष्ट्रसेवक सुरक्षा कर्मचारीको पुुत्ला जलाएर उनीहरुको मनोवल कमजोर बनाउने र अनुसन्धानलाई डिरेल गर्न चाहनेहरु मध्यबाटै केही हत्या प्रकरणमा जिम्मेवार रहेको खुलेको छ ।

    जिल्ला सरकारी वकीलको कार्यालयले उनीहरु बिरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि त्यी ब्यक्तिहरुको अगुवाईमा आन्दोलनको नेतृत्व गर्नेहरुले नैतिकता प्रदर्शन गरेर थप अनुसन्धानलाई अप्रभावित राख्नकालागि आ–आफ्ना पदबाट नैतीकताको आधारमा राजीनामा दिनु पर्ने बैद्धिक जगतको प्रतिक्रिया सार्वजनिक भएको छ ।

    संविधान सभाका सदस्य गुप्ता जनमैत्री भएकै कारण असुरक्षा महशुस गरेर उहाँलाई फसाउन खोज्नेहरु असफल भएपछि नेकपाको पर्सेली राजनीति कसरी ध्रुविकृत हुन्छ त्यो भने हेर्न बाँकी छ । दोहोरो झडपमा भएको हत्यालाई पार्टीभित्रको आन्तरिक द्वन्द्वको कलेवरमा आफू बच्ने प्रयास गर्नेहरुको चाल असफल भएको छ । आफू बच्नका लागि नै राजकुमार गुप्तालाई दोषी करार गर्ने काम भएको थियो ।

    अनुसन्धानको एउटा प्रक्रिया पार भएको छ कानून र ब्यवस्था प्रतिको विश्वास म मा छ मलाई षडयन्त्र गरेर फसाउन खोजिएको कुरा घाम जत्तिकै छर्लङ थियो त्यो प्रमाणित भएको गुप्ताको प्रतिक्रिया छ । उहाँले हत्या मात्र नभई आफू हिंसाको पक्षधर नभएको प्रष्ट पार्नु भयो । पार्टी भित्रको राजनीति प्रतिस्पर्धा समेत शत्रुतापूर्ण हुँदैन त्यो मित्रतापूर्ण नै हुन्छ त्यसैले हिंसाप्रति मेरो कुनैपनि आकर्षण नरहेको प्रष्ट पार्छु गुप्ताले भन्नु भयो घटना दुःखद हो पार्टीले जिम्मेवार कार्यकर्ता गुमाउनु परेको छ, तर घटनास्थलमा रहनु भएका नेताहरुले चौरसियाको उपचारमा यथेष्ठ ध्यान दिनु भएन भन्ने मलाई लागेको छ ।

    नेताहरुलाई वीरगञ्जमा हेलिकप्टरमा झिकाउन सकियो, तर चौरसियाजीलाई उपचारको लागि हेलीकप्टर झिकाउने काम किन भएन भन्ने प्रश्न आफनो मनमा खेली रहेको गुप्ताले बताउनु भयो । पार्टी भित्रको बिवादको एउटा पृष्टभूमीमा नेताहरु भएकै ठाउँमा झडप भयो यो अवस्था आउनमा को दोषी हो त्यसको बिषयमा अव बहस गर्नुपर्ने उहाँको तर्क छ ।

    अझ गुप्ताले चौरसिया हत्यामा जो सुकै संलग्न भएपनि यो घटनाको पृष्ठभूमि खोतल्नुपर्ने र तल्लो तहबाटै अनुसन्धान गरी जुनसुकै शक्तिको आडमा राजनीति अभिष्ट पुरा गरिरहेका व्यक्तिहरु नै किन नहुन उनीहरुलाई समेत कानूनी दायरामा ल्याउनु पर्ने बताउनु हुन्छ । नेता गुप्ता चौरसियाको परिवारलाई क्षतिपूर्ती, राहत र एमाले जस्ले उच्च सम्मानका साथ व्यवहार गर्ने र पढाई लेखाई एवं लालन पालनमा ध्यान पु¥याउन जरुरी भएको समेत बताउनु हुन्छ । जहाँबाट घटनाको सुरुवात भयो, यदि झडप हुन थाल्यो भन्ने आभाष नेताहरुलाई थियो भने उनीहरु बाहिर निस्केर कार्यकर्तालाई सम्झाएको भए नेताहरुले सम्झाउँदा नमान्ने कोहि पनि कार्यकर्ता थिएनन् ।

    तर त्यो कार्यक्रम मार्फत पर्सामा जुन घटना भयो अब भने अरु घटना नहोस् भनेर त्यसको गहिरो अध्ययन हुनुपर्ने र जो सुकै भएपनि कारवाही हुनै पर्ने दृढता समेत व्यक्त गर्नुहुन्छ । जे भएपनि राजकुमार गुप्ताले क्लिन चिट पाएपछि अब भने पर्सामा षडयन्त्रकारीहरुको सपना चक्नाचुर भएको छ भने निष्ठाको राजनीतिकले जितेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑