सिरहा । अमरेश कुमार पाण्डे। झारफुक को बहानामा लहानमा एक यूवती माथि माथि मैलाना ले बलात्कार गरेको घटना सार्वजनिक भएको छ। मिर्चैया नगरपालिका_१०गारामिन चैकमा बस्दै आएका ३५ बर्सिय मैलाना हसन अलि ले २३ बर्सिय युवतिलाई झारफुक बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो।
लहान नगरपालिका-७ कि ति युवती झारफुक गराउन गयको गत मंगलबार दिउँसो मैलानाले बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राऊ गरेको छ।बलात्कारपछि रक्तश्राव हुदाँ गम्भिर बनेकी युवती को लहानमा उपचार भइरहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ।
प्रहरी अनुसार पिडित युवती र हसन को मगलबार राति नै लहान अस्पताल श्वास्थ परीक्षण गरिएको छ।हसन लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहान, को डिएसपि सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।ग्रामिण चैक स्थित मैलाना को घर मा क्षारफुकका लागि मगलबार दिउँसो २ बजेतिर आफन्त सहित किसोरी लाई ढोकामा थुनेर अधा घन्टा पछि निकाले का आफन्त को आरोप छ।
मैलाना को घर बाट निस्केपछि हतास देखियकि युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तक्षाव भ्ई रहेको बताएकी थिइन्। त्यस पछि परिवारजन मैलाना को घर मा पुगेर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए।मैलानालाई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।