वीरगंज | भारतीय गायिका नेहा कक्कडले विवाह गरेको धेरै भएको छैन । अब उनी भारतीय रियालिटी सो इन्डियन आइडलमा देखिँदै छिन् । केही दिनअघि मात्र इन्डियन आइडल कार्यक्रमको प्रेस कन्फ्रेन्समा उनले विवाहबारे पनि बोलेकी छन् ।
रोहनप्रितसँग विवाह गरेकी नेहाले पहिले पनि आफ्नो जीवन सुन्दर भएको र विवाहपछि झन् सुन्दर भएका् बताएकी छिन् ।
‘रोहनप्रित निकै राम्रा पार्टनर हुन्,’ उनले भनेको कुरालाई भारतीय मिडियाले प्राथमिकता दिएका छन्, ‘उनीसँग म निकै खुसी छु ।’ यो जोडी केही दिनअघि मात्रै हनिमुनका लागि दुबई पुगेको थियो ।