• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    त्रिविमा परीक्षाको लहर : कोरोना संक्रमित परीक्षार्थीलाई अलग्गै राखिने, केन्द्रसम्म आउन नसक्नेलाई संक्रमणको प्रमाणका आधारमा पछि परीक्षा

  • वीरगंज संजाल
  • ५ मंसिर २०७७, शुक्रबार ०७:५१
  • २४७३

    वीरगंज | त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा धमाधम लिन थालेको छ । कोभिड–१९ संकटकैबीच स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा सञ्चालन गर्न लागेका हुन् ।

    कोरोना संक्रमण भएका, तर केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्थाका परीक्षार्थीलाई अलग्गै राखेर परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्तै, केन्द्रमा पुग्न नसक्ने परीक्षार्थीलाई प्रमाणका आधारमा पछि परीक्षा लिने व्यवस्था पनि गरिएको छ ।

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २८ मंसिरदेखि स्नातक तहको विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय चौथो वर्षका परीक्षा सञ्चालन गर्दै छ । ती सबै वार्षिक प्रणालीका परीक्षा हुन् । ‘कोभिड–१९ पजिटिभ भए पनि परीक्षा दिन सक्नेहरूका लागि अरूभन्दा १५ मिनेटपछि केन्द्रमा प्रवेश गराई छुट्टै कोठामा राखेर परीक्षा लिइनेछ,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘कुनै परीक्षार्थी केन्द्रसम्म आउन नसक्ने भएमा पछि लिने व्यवस्था मिलाएका छौँ ।’

    जोशीका अनुसार परीक्षामा सामेल हुन नसक्ने परीक्षार्थीले आफू कोरोना संक्रमित भएको प्रमाणसहित आफूले पढेको क्याम्पसमार्फत पनिकामा जानकारी गराउनुपर्नेछ । ‘तर, पहिले जानकारी नगराउने र पछि म संक्रमित थिएँ भन्दै आएमा त्यस्ता विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था हुँदैन,’ उनले भने, ‘त्रिविमा धेरै विद्यार्थी भएको र निरन्तर परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले त्यसो गर्न सम्भव पनि हुँदैन ।’

    ती सबै परीक्षा गत १६ वैशाखदेखि सुरु हुने तय भएका थिए । तर, कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएका थिए । त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायले थोरै विद्यार्थी भएका केही विषयका परीक्षा यसअघि पनि लिएको थियो । यसबीचमा अन्य केही विषयका परीक्षा पनि सञ्चालन भएका थिए ।

    वार्षिक प्रणालीका परीक्षार्थीलाई घरपायक केन्द्रको सुविधा
    यसपटक विद्यार्थीले घरपायकको केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । आउजाउमा कठिनाइ र कोरोना संक्रमणको जोखिम कम गर्ने उद्देश्यले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको हो । आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोटमा आवेदन दिनेबाहेकका परीक्षार्थीले भने त्रिविले तोकेको केन्द्रबाटै परीक्षा दिनुपर्ने पनिकाले जनाएको छ । पनिकाका अनुसार तोकिएबाहेकको केन्द्रबाट दिएको परीक्षा स्वतः रद्द हुनेछ । घरपायक परीक्षाका लागि तीन हजार सात सय २४ परीक्षार्थीले आवेदन दिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनका अनुसार तीमध्ये करिब तीन हजार पाँच सय विद्यार्थीले आफूले पढेको ठाउँभन्दा फरक घरपायक केन्द्रबाट परीक्षा दिने भएका छन् ।

    सेमेस्टर प्रणालीमा फरक–फरक व्यवस्था
    मंसिर अन्तिम सातादेखि हुन लागेको स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका परीक्षामा भने डिन कार्यालयअनुसार फरक व्यवस्था गरिएको छ । व्यवस्थापन संकायको सूचनाअनुसार गत १९ फागुनदेखि परीक्षा सुरु भई रोकिएका स्नातकोत्तर तहका परीक्षामा दुई घन्टा समयावधि तोकिएको छ । उक्त संकायले सम्भव भएसम्म आ–आफ्ना क्याम्पसलाई नै परीक्षा केन्द्र तोक्ने सूचनामा उल्लेख छ ।

    कोभिड–१९ महामारीका कारण आफू पढ्ने कलेज, विभाग, स्कुल वा परीक्षा केन्द्रमा उपस्थित हुन नसक्ने विद्यार्थीले आफू बसेको जिल्ला वा नजिकको जिल्लास्थित केन्द्रमा गएर प्रवेशपत्र रुजु गराई परीक्षा दिन सक्नेछन् । यसरी परीक्षा दिने विद्यार्थीको मूल्यांकन फारम र उत्तरपुस्तिका छुट्टै सिल गरी डिन कार्यालयमा पठाउनुपर्नेछ । तर, काठमाडौं उपत्यकाका शैक्षिक संस्थामा अध्ययन गरी काठमाडौंमै बसिरहेका विद्यार्थीका लागि यो व्यवस्था लागू नहुने डिन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोरोना संक्रमणका कारण सामेल हुन नसकेका विद्यार्थीलाई परीक्षा अवधिमा संक्रमण भएको प्रमाणित कागजातका आधारमा पछि परीक्षा लिने व्यवस्था मिलाइनेछ ।

    त्रिविको स्नातकोत्तर तहका चौथो र दोस्रो सेमेस्टरको परीक्षा सञ्चालन हुँदै छन् । डिन कार्यालयले लिने सेमेस्टर प्रणालीको परीक्षामा सबै विद्यार्थीले घरपायक परीक्षा केन्द्र छान्न पाउने सुविधा छैन । डिन कार्यालयले आ–आफ्नै ढंगले परीक्षातालिका सार्वजनिक गरेका छन् । विद्यार्थी र परीक्षा केन्द्र थोरै हुनाले यस्तो सुविधा दिन नसकिएको हो । सेमेस्टर प्रणालीका विद्यार्थीलाई उनीहरूले पढेको क्याम्पसनजिकै परीक्षा केन्द्र कायम गरिएको छ । सेमेस्टरमा पढाइ हुने स्नातकोत्तर तहमा परीक्षा केन्द्र कम हुने र तोकिएका केन्द्रमध्ये सहज हुने स्थानमा परीक्षा दिन चाहनेले आवेदन दिने गरी व्यवस्थापन गरिएको त्रिविका रजिस्ट्रार प्रा.डा. पेशल दाहालले बताए । ‘कोरोना संक्रमित भए पनि परीक्षा दिन सक्ने विद्यार्थीलाई छुट्टै सुरक्षित ढंगले राखेर परीक्षा लिएका छौँ, भविष्यमा पनि त्यसै गर्नेछौँ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑