वीरगन्ज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ८ सय ५ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार १ सय ३ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ रहेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर ८ सय ५८ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।
त्यसैगरी क्वारेनटिनमा ७ सय ६७ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ७६ पुगेको छ ।