• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चिनियाँ राष्ट्रपति ‘सी’ को नेपाल भ्रमण : उच्च सुरक्षा योजना बनाउँदै सरकार

  • वीरगंज संजाल
  • ९ आश्विन २०७६, बिहीबार ०६:३५
  • ५३५१

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्च स्तरीय सुरक्षा योजना बनाउन लागिपरेको छ ।

    चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ फर्कने सुरक्षा उच्च स्रोतले बताएको छ । तथापि, औपचारिक रूपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने समिट पछि उनी नेपाल आउने बताइएको छ । उनी सोल्टी होटलमा बस्ने कार्यक्रम दुतावास स्रोतले बताएको छ ।

    जसका कारण प्रहरीले उनको भ्रमण हुने क्षेत्रमा अहिलेदेखि नै विशेष निगरानी सुरु गरेको छ । २६ असोजमा उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् भने २७ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम छ ।

    सरकारले सुरक्षा रणनीतिसहित यी सबै विषयमा विशेष सुरक्षा संयन्त्र तयार गर्न सुरु गरेको छ । चिनियाँ राजदूतावासले समेत सुरक्षाको अवस्थाको अध्ययन गरिरहेको छ । सीको नेपाल भ्रमण हुने निश्चित भएसँगै चीनबाट उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् ।

    पहिलो घेरामा नेपाल प्रहरी

    सरकारले चिनियाँ राष्ट्रपति ‘सी’ को भ्रमणका बखत नेपाल प्रहरीलाई पहिलो सुरक्षा घेराको जिम्मेवारी दिने गरी तयारी अघि बढाएको छ । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाका लागि खटाइँदै छ ।
    ठूलो संख्यामा सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिँदै छ । हतियारसहित र हतियारबाहेक पनि सूक्ष्म निगरानीका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्ने तयारी सरकारी पक्षबाट भइरहेको गृह स्रोतले बतायो ।

    यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत सुरक्षाकर्मी खटिने छन् भने भ्रमणका बखत पर्ने सडकका रुटमा गोप्य रूपमा सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । सरकारले सबै सुरक्षा अंगबाट गरी करिब १० हजारको संख्यामा सुरक्षाकर्मी खटाउने तयारी गरेको बताइएको छ ।

    सेनाको हवाइ गस्ती
    ‘सी’ नेपाल आउनुअघिबाट नै नेपाली सेनाले राजधानीमा हवाइ गस्ती गर्नेछ । विमानस्थलदेखि होटलको रुट र होटलदेखि राष्ट्रपति निवाससम्ममा पर्ने सडकमा समेत सेनालाई हेलिकोप्टरमार्फत स्कर्टिङमा खटाउने सरकारको तयारी छ ।

    कुनै चुनौती छैन : प्रहरी

    भीआईपी तथा भीभीआईपीको सुरक्षामा नेपाल प्रहरीसँग लामो अनुभव रहेकाले चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुरक्षा व्यवस्था मजबुद हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले बताए ।

    डीआईजी पोखरेलले भने, ‘भीआईपी तथा भीभीआईपीको सुरक्षामा प्रहरीको अनुभव र सबै सुरक्षा निकायको एकीकृत समन्वयात्मक परिचालनबाट भ्रमणमा उत्कृष्ट सुरक्षा व्यवस्था हुनेछ ।’

    उनले नेपालमा हाल कुनै पनि किसिमको सुरक्षा चुनौतीको नरहेको दाबी गरे । उनले भ्रमणको केही दिनअघिबाट नै प्रहरीले ‘सिटी क्ल्यिरेन्स’ अभियान सुरु गर्नेसमेत बताए ।

    आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑