सिरहा | सिरहामा लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।बुधबार साँझ सिरहाको लहान नगरपालिका वडा नं. १९ कटाहा चौक स्थित १९ वर्षीय युवकलाई लागुऔषध सहित नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको प्रहरीको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा लहान नगरपालिका वडा नं. ३ का १९ वर्षीय प्रमानन्द गुप्तालाई लागुऔषध फेनार्गन ४७ एम्पुल, डाईजेल्याप ४७ एम्पुल र नोर्फिन ४७ एम्पुल सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिए।
पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागी ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखि थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।