वीरगंज | नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ३, झापामा १६, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, संखुवासभामा १ र सुनसरीमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १०, पर्सामा १, बारामा ४, महोत्तरीमा ६, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १ सय ५, धादिङमा ७, नुवाकोटमा ७, भक्तपुरमा ४८, मकवानपुरमा १७, रामेछापमा ३, ललितपुरमा १ सय ६८, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा ५, तनहुँमा १३, नवलपरासी पूर्वमा २३, पर्वतमा २, म्याग्दीमा ३, लमजुङमा २, वागलुङमा ५ र स्याङजामा १५ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा १, दाङमा १४, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा ४, बर्दियामा २, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा १६ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमको भने कैलालीमा ८ र दार्चुलामा २ जनामा कोरोना भेटिएको छ।