वीरगंज | एसिड बिक्रीवितरण गरेको आरोपमा जनकपुरमा एक व्यापारी पक्राउ परेका छन् । ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साह पक्राउ परेको प्रहरीले जनाएको छ।
शनिबार जनकपुरकै २४ वर्षीय सञ्जीव साहले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका थिए ।
प्रहरीका अनुसार साहलाई पक्राउ गरिसकेपछि उनलाई एसिड विक्री गर्नेको खोजी गर्दै जाँदा नागेन्द्र पक्राउ परेका हुन् । पति संविजको एसिड आक्रमणबाट गम्भीर घाइते भएकी आरती साहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।