पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ८ स्थति रामनगरीमा गएराति आगलगी हुदा १५ वर्षीय मना कुमारी साहको मृत्यु भएको हो ।दिपावली मनाउँन बालिएको दियाेले मनबाेध साहकाे फुसकाे घरमा आगलगी भएको थियो । त्यही आगलागिमा परेर उनको छोरी मनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएकाे युवतीकाे शव पाेष्टमार्टमकाे लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताए ।राती १० बजेकाे करिबमा भएकाे आगलगीले घरमा रहेकाे लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरकाे क्षति समेत भएकाे पिडित मनबोध साहले जानकारी दिए ।
स्थानियहरुका अनुसार आगलगी भएकाे घर नजिकै एउटा अझै मनवाेधकाे कंची (खप्डा) घर रहेकाे छ । कंची घरमा सुितरहेकाे मनवाेधका परिवारका अन्य सदस्यहरु बांच्न सफल भएका छन् ।
फुसकाे घरमा आगलगी भएकाे हल्ला भएपछि कंची घरमा सुति रहेकाे व्यक्तिहरु थाह पाए लग्तै निस्केका थिए । तर आगलगी भएकाे फुसकाे घरमा एकलै सुति रहेकी मना निस्कन नसकेपछि मृत्यु भएकाे स्थानियहरुकाे भनाई छ । आगलगी स्थलमा एउटा पनि दमकल पुग्न नसके पनि प्रहरीकाे सहयाेगमा स्थानियहरु आधि घण्टा पछि आगाे निभाउन सफल भएका थिए ।