बारा। जिल्ला प्रहरी कार्यालय बाराले जुवाडेहरुलाई पक्राउ गरेको छ ।बारा प्रहरीले शनिबार डेढ बजेको करिवमा करैयामाई गाउँपालिका वडा नम्बर १ जब्दी टोलस्थित राकेश प्रसाद साहको कुखुरा पालन गर्ने खोरमा जुवा खेलेर बसिरहेका १२ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट प्रहरी निरीक्षक शेखर कुमार साहको नेतृत्वमा कुखुरा खोरमा पुगेको टोलिले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा १ लाख १७ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जुवाडेहरुको पहिचान प्रहरीले भने खुलाएको छैन ।