बिरगंज । दिग्गज अभिनेत्री तथा सामाजिक अभियन्ता मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फन्ड २०२०’ स्थापना गरेकी छन्। स्थापनाकै दिन ग्लोबल कलेसँगको सहकार्यमा १५ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ।
छात्रवृति पाउने विद्यार्थीहरु नेपालका विभिन्न क्षेत्रका रहेका छन् र उनिहरुको अभिभावकलाई क्यान्सर उपचार गरेर निको भएका छन्। यो छात्रवृति कार्यक्रममा समेटिएका विद्यार्थीमा विद्यालय स्तर देखि स्नातकोत्तर तह सम्म रहेको जनाइएको छ।