बिरगंज । नेपालले मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा शुक्रबार बंगलादेशसँग २-० गोलको हार ब्यहोरेको छ। बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक एक गोल गरेको थियो।

बंगलादेशले ११ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। ८० औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। दुई वर्षअघि यी दुई टोलीबीच भएको अन्तिम भिडन्तमा नेपाल २-० गोलले विजयी भएको थियो।

नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो। कोरोना भाइरसको महामारीपछि खेलमा फर्कन दुवै टोलीले मैत्रिपूर्ण खेल खेलेका हुन्।  बंगलादेश र नेपालबीच दोस्रो मैत्रिपूर्ण खेल मंसिर २ गते हुने छ।