त्यसपछि ज्वालामुखीको लहर (चट्टान–माटो, पानी मिसिएको) नजिकैका गाउँहरुमा झ¥यो । १३ वटा गाउँहरु प्रभावित बने, सबैभन्दा धेरै क्षति नदी किनारको अरमेरोमा पुुग्यो । टोलीमा प्रान्तअन्तर्गतको यो बस्ती १० मिनेटमै सखाप भयो । ज्वालामुखी रातको समय गएको थियो, जतिबेला यस बस्तीको २८ हजार जनसंख्यामध्ये अधिकांश ओछ्यानमै थिए, बिहान हुँदासम्म झन्डै २१ हजारले ज्यान गुुमाइसकेका थिए ।
यस क्षेत्रमा वर्षदिनअघि नै ज्वालामुखी जानसक्ने संकेत देखिएको थियो, सेप्टेम्बरमा भूकम्प पनि गएको थियो । यदि समयमै जोखिम क्षेत्रका बासिन्दाहरुलाई अन्यत्र सार्न सकेको भए क्षति कम हुने थियो । यो ज्वालामुखी २० औं शताब्दीको दोस्रो भयंकर ज्वालामुखी हो ।
घटनाका दौरान जीवित भेटिएकी ओमेरा सान्चेज गार्जोन नामक १३ वर्षकी बालिकाको असफल उद्धारको घटनाले विश्वकै ध्यान खिच्यो । ध्वस्त भएको आफ्नो घरको अवशेषमाझ उनी थिइन्, टाउकोबाहेक शरीरका अन्य भाग पानीमा थियो । पुुरिएको घरका अवशेष उनको शरीरमुनी थियो, जहाँ उनका खुुट्टा च्यापिएका थिए । तर, ओमेराको बाँच्ने आशा मरेको थिएन । उद्धारकर्मी र पत्रकारहरुलाई उनको साहस र आशाले छोएको थियो, उनीहरुले बचाउनका लागि अथक प्रयास थाले ।
भग्नावशेष हटाएर खुट्टा निकाल्न आवश्यक अत्याधुनिक स्रोत–साधन उद्धारकमीहरुसँग थिएन । उद्धारकर्मीहरुले आमेरालाई खाना, पानी र सोडा दिए । उनलाई असह्य पीडा भइरहेको थियो र कमजोर हुँदै गइरहेकी थिइन् । फ्रेन्च फोटोग्राफर फ्रयाङक फोरनाइरले यस कारुणिक क्षणलाई क्यामेरामा कैद गरिरहेका थिए । खुुट्टा काटेर बालिकालाई बाहिर निकाल्ने उपाय थप जोखिमपूर्ण र अमानवीय हुने सुुझाव चिकित्सकहरुको थियो । किनकी, उपचारका लागि पनि स्रोतको अभाव थियो । हरेश खाइसकेका उद्धारकर्मीहरुले ओमेरालाई थप पिडा दिएर जोखिम मोल्नुुभन्दा आरामपूर्वक मर्न दिनु नै उचित सम्झे । ६० घण्टासम्म पीडा सहेर बाँचेकी यी बालिकाको अन्ततः मृत्युु भयो ।
खिचेको फोटो विश्वका धेरै पत्रपत्रिकामा छापियो, स्वयंमसेवक उद्धारकर्मीहरु साधन–स्रोत बिना नै घाइते र बेपत्ताहरुको खोजीमा खटिएपनि सरकारले पर्याप्त प्रतिक्रिया जनाउन नसकेको यर्थाथलाई यस घटनाले उजागर ग-यो । सन् १९८६ मा यो फोटोलाई ‘वल्र्ड प्रेस फोटो अफ द इयर’ चयन गरिएको थियो ।