दुस्वप्नहरु एकदमै भयावह अनुभवहरु हुन् । यसले मानिसको रातको निद्रालाई मात्र खराब गर्दैन साथसाथै यसको प्रभाव हाम्रो मानसिक र भावनात्मक स्वाथ्यमा पनि पर्न जान्छ । हामी निदाएको समयमा हाम्रो शरीरले आराम प्राप्त गर्नुका साथसाथै आउने दिनका लागि जोश र ऊर्जा पनि संकलन गर्ने काम गर्दछ । तर, हाम्रो मस्तिष्क भने त्यस समयपनि सक्रिय रहने गर्दछ । दिनभरी घटेका घटना र अगाडि अनुभव गरिएका कुराहरुलाई मष्तिस्कले त्यस समय बटुल्ने काम गर्दछ ।
तर तपाईले निदाएको अवस्थामा निरन्तर भयावह दुस्वप्नहरु देखिरहनुहुन्छ भने त्यसका विभिन्न कारणहरु हुन सक्छन् । त्यस्ता दुस्वप्न निरन्तर देखिनुका पछाडि आफैभित्र लुकेका अस्वभाविक भोगाई र अनुभव पनि हुन सक्छन् । यसको पछाडि मस्तिष्कमा विभिन्न ड्रग्स, औषधी तथा रसाइनहरुको प्रभाव पनि हुन सक्छ । साथै, वयस्कहरुमा रक्तचापको कारणले पनि यस्तो समस्या देखा पर्न सक्छ ।
यसबाट छुटकारा पाउनका लागि विभिन्न उपायहरु अप्नाउन सकिन्छ । सबैभन्दा पहिले त व्याक्तिले चिकित्सक तथा मनोचिकित्सकसँग आफ्नो सपना आउनुका पछाडिका कुनैपनि दबाइएका पिडादायी भावना वा भोगाइहरुको बारेमा खुलेर कुरा गर्नुपर्छ । साथै डिप्रेसन, रिम गडबडी, स्लिप अप्नियाजस्ता समस्या भए उपचार गराउनुपर्छ ।
दुस्वप्नको अर्को कारण भनेको सुताइको असहज अवस्था र निद्र भंग हुँदा पनि हुनसक्छ । त्यसैले आफु सुत्ने कोठाको बातावरण एकदमै शान्त र तनावमुक्त बनाउनुपर्छ । त्यसका लागि कोठालाई उज्यालो, सफा र स्वभाविक तापमानमा राख्नुपर्छ ।
हाम्रो जीवनको अभिन्न अंग बनिसकेको मोबाइल जस्ता विधुतीय सामग्रीको सुत्ने समयमा प्रयोग गरिदा पनि यस्तो समस्याको खतरा रहन्छ । त्यस्ता विधुतीय सामाग्रीबाट निस्कने निलो प्रकाशले हाम्रो निद्रामा नकरात्मक प्रभाव पारीरहेको हुन्छ ।
दुस्वप्नलाई रोक्न एउटा प्रयोगात्मक थेरापी रहेको छ, जसलाई बोधात्मक थेरापी भनिन्छ । यस अन्तर्गत सपना देखिरहेको समयमा पनि निदाएको व्याक्तिले कल्पनाशिलतालाई सजिव राख्नुपर्छ र देखिएका कुनै सपनाको सकरात्म अन्त्यको परिकल्पना गर्नसक्नुपर्छ । यसले गर्दा तपाईको विहानीको सुखमय सुरुवात हुन्छ ।
दुस्वप्न साथै धेरै किसिमका मानसिक समस्याका पछाडि आफुभित्रको तनाव पनि त्यतिकै जिम्मेवार हुन्छ र सधै आफुलाई तनावमूक्त राख्ने प्रयास गर्नुपर्छ ।
यदि आफ्नो दुस्वप्नले मानसिक अवस्थामा प्रभाव पारिरहेको छ भने यसबारे आफु नजिकको केहि साथीसँग कुरा गर्दा पनि यसको प्रभाव कम भएर जान सक्छ ।