वीरगंज | प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
कोरोना संक्रमण देखिएपछि केही दिनदेखि जनकपुरमै उपचार गराउँदै आएका डीआईजी सिंहलाई बुधबार दिउँसो काठमाडौं ल्याइएको हो।
उनको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार सुरु गरिएको छ।यसअघि प्रदेश नं १ र गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई पनि कोरोना संक्रमण भएको थियो। उनीहरु उपचारपछि ठिक भएर काममा फर्किसकेका छन्।