पर्सा। पर्सामा छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन् । बुधवार बिहान बुधवार बिहान ना.४ ख ८२६९ नम्बरको बसले साइकल चालकलाई ठक्कर दिंदा पोखरिया नगरपालिका–५ निवासी १३ वर्षीय बालक कृष्ण यादव गम्भीर घाइते भएका छन् ।
उनको वीरगंजस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने बस इलाका प्रहरी कार्यालय पोखरियाको नियन्त्रणमा छ । यसैगरी पर्सागढी नगरपालिका–३ बडनिहारमा मंगलवार राति ट्याक्टर र अटोरिक्शा ठोक्किदा एकजना महिला घाइते भएकी छिन् ।
धान लोड ट्याक्टर, ना.२ ख ४२७७ नं.को अटोरिक्शासँग ठोक्किदा अटोमा सवार पर्सागढी नगरपालिका–३ की १७ वर्षीय रामलीला चौधरी घाइते भएकी हुन् । उनको उपचार वीरगंज हेल्थकेयरमा भइरहेको छ । ट्याक्टर चालक बारा, पन्टोका निवासी जोगिन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।