वीरगन्ज | नेकपा पर्सा जिल्ला कमिटीका सदस्य समेत रहेका स्वर्गीय मुकेश चौरसियाको स्मृतिमा आयोजना गर्न लागिएको बिशाल श्रद्धाञ्जली सभा एकाएक स्थगित भएपछि अव त्यो कार्यक्रमको लागि उठाइएको लाखौं चन्दाको हिसाब किताब कस्ले कहां दिन्छन गम्भिर खालको प्रश्न तेर्सिएको छ ।
पाटीका अध्यक्ष पुष्प कमल दाहाल आउने भनेर गरिएको बृह्द प्रचार र दशौं हजारको सहभागिता गराउन गरिएको तयारीका लागि आवश्यक पर्ने लाखौं रकम जाहो भैसक्दा कार्यक्रम स्थागित संगै अव बिभिन्न पालिका एवं त्यहाँका प्रमुख तथा उद्योगी ब्याबसायी एवं अन्य सहयोगीहरुसंग उठाइएको चन्दाको हिसाब किताब कस्ले कहाँ पेश गर्ने ?
अनेक खालको जिज्ञासा उब्जिएका हुन् । गत ६ गते पार्टीको शपथ ग्रहण समारोह चलिरहँदा मारिएका स्वर्गीय चौरसियाको नाममा उठेको रकम सभा नभएपछि उनको घर परिवारका सदस्यहरुको जीविकोपार्जन र बालबच्चाहरुको पढाइलेखाइमा खर्च गर्ने गरि हस्तान्तरण गएिको खण्डमा मात्र उनको आत्माले शान्ति पाउने र उनी प्रति नेकपाका सच्चा श्रद्धाञ्जली हुने राय समेत यतिबेला उठ्न थालेको छ ।
उनको नाममा उठाइएको रकम सदुपयोग नगरेर कसैको लहडमा आफ्नो निहित स्वार्थमा खर्च गर्ने खालको प्रपञ्च रचिन थालेमा सिँगो पार्टी पंक्ती समेत उनको नाममा उठेको चन्दा रकमका कारण आलोचनाको भागिदार बन्ने हुनाले अव अबिलम्ब हिसाब किताव सार्वजानीक हुनुपर्ने र उनीप्रति सच्चा सम्मानको लागि पनि नेताहरुको नाममा उठाइएको रकम स्वर्गीय चौरसियाको घर परिवारलाई नै हस्तान्तरण हुनुपर्ने माग समेत उठ्न थालेको छ ।