लन्डन । बेलायतमा बेरोजगारी दर निरन्तर बढिरहेको छ । कोरोना भाइरसको महामारीले श्रम बजारलाई निरन्तर प्रभावित पारिरहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सेप्टेम्बरसम्मको तीन महीनामा ४ दशमलव ८ प्रतिशतमा पुगेको छ । समीक्षा अवधिमा काम बिहिन मानिसको संख्या २ लाख ४३ ले बढेको छ । यो सन् २००९ को मे यताकै उच्च हो ।
अघिल्लो त्रैमासमा यो दर साढे ४ प्रतिशत थियो । सोही अवधिमा प्रयोगबिहिन पदको संख्या पनि बढेर ३ लाख १४ हजारको कीर्तिमानी उच्च बिन्दुमा उक्लिएको छ । सरकारले कर्मचारी टेवा योजना अन्त्य गर्ने अनुमानमा कम्पनीहरुले थप कामदारहरुलाई कामबिहिन राखिरहेका छन् ।
अक्टोबरको अन्त्यमा सकिने भनिएको फर्लो योजनालाई लम्ब्याएर मार्चको अन्त्यसम्म पु¥याइएको छ । युवा वर्गमाझ बेरोजगारी दर समग्रमै उच्च रहेको तथ्यांकले देखाएको छ । एजेन्सी