आफू अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्।१३ सदस्यीय टास्क फोर्समा तीन उपाध्यक्ष र एक सदस्य छन्। यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन्।
उनले भने, ‘कोरोना महामारी नियन्त्रण गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हो। यो मेरा लागि ठूलो चुनौती हो- लगातार बढिरहेको संक्रमण राेक्नु र खोप पत्ता लगाउनु।’
जो बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरे।वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको सुरुवातमा त मास्क बहिष्कारै गरेका थिए भने सार्वजनिक कार्यक्रममा समेत उनी बिनामास्क हिँडेका थिए।
अलि पछि मात्र उनी मास्क लगाउन बाध्य बनेका थिए। तर पनि उनले काेराेनाबाट बच्न मास्क लगाउनुपर्छ भनेर आम नागरिकलाई कहिले भनेनन्।
काेराेना नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्नु पनि ट्रम्प पराजयकाे एउटा प्रमुख कारण मानिएकाे छ।